
Health Camp
सुनसरी जिल्लाको आयोजनामा रक्तदान कार्यक्रम 🩸

रक्तदान जीवनदान मूलमन्त्र नाराको साथ मेचीमाहाकाली बुहारी संयुक्त आवाज सुनसरीको आयोजनामा सुनसरी-४ आईतबारेमा रक्तदान कार्यक्रम सम्पन्न !
डेन्टल परिक्षण शिबिर

११२ औ अन्तरराष्ट्रिय नारी दिवश को अवसरमा मेचीमाहाकाली बुहारी संयुक्त आवाज उपशाखा दमक को आयोजनामा ॐ शान्ती डेन्टल हस्पिटल दमकका डाक्टर सि. पी गैरे, डा. निकी बर्मा, कमल प्रसाद गैरे, कविता लावती को सहयोगमा शसस्त्र प्रहरी बल नं ३८ रिजर्भ गण लखनपुरमा डेन्टल परिक्षण शिबिर सम्पन्न !
नि:शुल्क आँखा सिविर तथा मोतिबिन्दु सल्यक्रिया

नि:शुल्क आँखा सिविर तथा मोतिबिन्दु सल्यक्रिया मा नेपाल आँखा अस्पताल काठमाडौंको वरिष्ट आँखा सर्जन Dr.Kamal Khadka & Dr.Simant Khadka को विषेशज्ञ टोलीद्धरा निजगढ नगपालिका-९ स्थित लक्षिमी नारायण धर्मशालामा(शहिदचोक) वरिष्ठ नेत्र सर्जन बाट नि:शुल्क सल्यकृया कार्यक्रममा मेचीमाहाकाली बुहारी संयुक्त आवाज !
महिलाहरुको पाठेघर सम्बन्धि निशुल्क चेकजाँच स्वास्थ्य सिविर

112औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मेचीमहाकाली मेचीमाहाकाली बुहारी संयुक्त आवाज बाँकेले लुम्बिनी प्रदेश सहसम्योजक रेणुका खड्का विष्ट को उपस्थितीमा भेरि कर्णाली अस्पताल प्रा.लि. कोहलपुरको समन्वयमा 119 जना महिलाहरुको पाठेघर सम्बन्धी निशुल्क चेकजाँच स्वास्थ्य सिविर कार्यक्रम सम्पन्न !
डेन्टल परिक्षण शिबिर

मेचीमाहाकाली बुहारी संयुक्त आवाज काठमान्डौद्वारा संस्थाको बार्षिकोत्सवको अवसरमा श्री मनोहर माध्यामिक बिद्यालयका बिद्यार्थीहरुलाई निशुल्क दन्त सेवा सम्पन्न गरिएको छ !
स्वास्थ्य सिविर

मेचीमाहाकाली बुहारी संयुक्त आवाज रुपन्देहीको आयोजनामा, गोरखनाथ सिकाइ केन्द्र सैनामैनाको संयुक्त आयोजनामा गोरखनाथ सामुदायिक सिकाइ केन्द्र द्वारा सन्चालित महिला विद्यालयमा अध्यनरत आना दिदी बहिनी लगाएत सैनामैना नगरपालिकाका विभिन्न ठाउँबाट पाल्नु भएका करिव १७६ जना विरामीहरूको दात तथा मुख , छाला तथा यौन ,मधुमेह, उच्च रक्तचाप, पेट तथा छाती (फिजिसियन) र स्त्री रोग संग सम्बन्धीत विरामीको स्वास्थ्य चेक जाँच गर्नुको साथै बल्ड सुगर, मुटुको इ.सि.जी , विभिन्न औषधीहरू निशुल्क रूपमा वितरण गर्दै दैनिक जीवनमा कसरी स्वस्थ रहने भन्ने बारेमा वरिष्ठ फिजिसियन डा. शम्भु खनाल द्वारा परामर्ष कार्यक्रम सम्मन्न गरियको छ ।
Dental Health Camp
मेचीमाहाकाली बुहारी संयुक्त आवाज काठमाण्डौको आयोजनामा तथा समाज डेन्टल को सहोगार्थमा Dental Health Camp Sanskar English School मा सम्पन्न गरिएको छ ! उपस्थित सम्पूर्ण मा आभार प्रकट गर्दछौं !
उक्त सिविर मा Sanskar English School का १०० बिद्यार्थीहरु लाई dental health check up को साथै toothbrush , toothpaste वितरण गरियको थियो !




