top of page

MEMBSA को जन्मदिनलाई सेवाको अवसर बनाउँदै मानवताको सुन्दर उदाहरण



मिति २०८३ साउन १ गते

जन्मदिन भनेको केवल केक काट्ने, शुभकामना ग्रहण गर्ने वा व्यक्तिगत खुसी साट्ने दिन मात्र होइन। जन्मदिन भनेको समाजप्रति आफ्नो उत्तरदायित्व सम्झने र अरूको अनुहारमा मुस्कान ल्याउने सुन्दर अवसर पनि हो।यही भावनालाई आत्मसात् गर्दै, मिति २०८३ साउन १ गते मेचीमहाकाली बुहारी संयुक्त आवाज (MEMBSA) ले झापा जिल्ला सह–संयोजक रोशनी खनालज्यूको शुभ जन्मोत्सवलाई सेवामूलक कार्यसँग जोड्दै मेचीनगर–४ स्थित मानव सेवा आश्रममा आश्रित १०५ जना बुबाआमाहरूलाई विशेष बिहानको भोजन सेवा प्रदान गरिएको छ।


आफ्नो व्यक्तिगत खुसीलाई समाजका अभिभावकहरूसँग बाँड्दै, उहाँले जन्मदिनलाई मानव सेवाको पर्वका रूपमा मनाउनुभएको हो। आश्रममा रहेका बुबाआमाहरूको अनुहारमा देखिएको खुसी र सन्तुष्टिले यस दिनलाई अझ विशेष र अविस्मरणीय बनाएको थियो ।


उक्त कार्यक्रमको अध्यक्षता केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्ले ज्यूले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा संस्थापक तथा अन्तर्राष्ट्रिय अध्यक्ष यमन शर्मा पौडेलज्यूको विशेष उपस्थिति रहेको थियो। साथै मेचीनगर–१० का जनप्रतिनिधि विशाल कार्की ज्यू विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।


कार्यक्रममा झापा जिल्ला संयोजक गंगा देवी भट्टराई, जिल्ला उपाध्यक्ष अम्बिका मैनाली, जिल्ला सह–सचिव आरजु शर्मा, जिल्ला सदस्य प्रमिला उप्रेती, निर्मला नेपाल लगायत जिल्ला कार्यसमितिका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


मानव सेवा नै सबैभन्दा ठूलो सेवा हो भन्ने सन्देशका साथ सम्पन्न यस कार्यक्रमले जन्मदिनलाई केवल उत्सवमा सीमित नराखी समाजसेवाको माध्यम बनाउन सकिन्छ भन्ने प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।


ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ।


मेचीमहाकाली बुहारी संयुक्त आवाज परिवारको यो सेवामूलक अभियानले समाजमा सकारात्मक सन्देश फैलाओस् भन्ने हार्दिक शुभकामना।


“खुसी बाँड्दा बढ्छ, सेवा गर्दा जीवन सार्थक बन्छ।”



 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page