जन्मदिनको अवसरमा पुकार अपाङ्ग अशक्त समाजलाई ११ हजार बराबरको खाद्यान्न सहयोग
मिति २०८३/०५/२४
झापा । मेची–महाकाली बुहारी संयुक्त आवाज, झापा जिल्ला सचिव रिना राईले आफ्नो जन्मदिनको अवसरलाई सेवामूलक कार्यसँग जोड्दै कन्काइ ४ को वडा अध्यक्ष रोशन सुबेदि को प्रमुख अतिथिमा कन्काई नगरपालिका–५, झापामा रहेको पुकार अपाङ्ग अशक्त समाजलाई रु. ११ हजार बराबरको खाद्यान्न सामग्री सहयोग गरेकी छन्।
जन्मदिनलाई केवल व्यक्तिगत खुसी र उत्सवमा सीमित नराखी समाजमा रहेका असहाय, अशक्त तथा आवश्यकतामा रहेका व्यक्तिहरूसँग खुसी साट्ने उद्देश्यले खाद्यान्न सहयोग गरिएको हो। प्राप्त सहयोगले समाजमा आश्रित आमाबुबा तथा दाजुभाइ–दिदीबहिनीको दैनिक आवश्यकतामा केही राहत पुग्ने विश्वास गरिएको छ।
सेवा, सहयोग र मानवीय भावनालाई प्राथमिकता दिँदै जन्मदिन मनाउने सचिव राईको यस कार्यले सामाजिक उत्तरदायित्वप्रतिको सकारात्मक सन्देशसमेत दिएको छ। व्यक्तिगत विशेष दिनलाई सामाजिक सेवासँग जोडेर मनाउने संस्कारले समाजमा सहयोग र मानवताको भावना अझ बलियो बनाउने विश्वास गरिएको छ।
सहयोग हस्तान्तरण कार्यक्रममा मेची–महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्ले, झापा जिल्ला संयोजक गंगादेवी भट्टराई, जिल्ला सचिव रिना राई तथा कोषाध्यक्ष सीता श्रेष्ठको उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा सहभागीहरूले जन्मदिनको अवसरमा गरिएको यस मानवीय कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सेवामूलक गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
“आफ्नो खुसीमा अरूको खुसी जोड्नु नै साँचो उत्सव हो।”
जन्मदिनको अवसरलाई मानव सेवासँग जोड्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने सचिव रिना राईलाई हार्दिक जन्मदिनको शुभकामना व्यक्त गर्दै उहाँको आगामी जीवन सुख, शान्ति, समृद्धि र सेवामूलक कार्यमा अझ सफल रहोस् भन्ने शुभकामना।









Comments