top of page

खुसी साट्ने जन्मदिन: विपन्न बालबालिकालाई न्यानो उपहार

झापा, बिर्तामोड।

मेचीदेखि महाकालीसम्म एकता, सहयोग र सेवाको भावना बोकेको “मेची महाकाली बुहारी संयुक्त आवाज” झापा कार्यसमितिकी सदस्य निर्मला नेपाल ज्यूको शुभ जन्मदिनको पावन अवसर पारेर एक हृदयस्पर्शी सामाजिक सेवा कार्यक्रम सम्पन्न गरिएको छ।


बिर्तामोड–६, स्यालडाँगी बस्तीका अति विपन्न परिवारका ३० जना बालबालिकाहरुलाई जुत्ता तथा मोजा वितरण गर्दै उनीहरुको अनुहारमा खुशी र आशाको उज्यालो छर्ने प्रयास गरिएको हो। सामान्य देखिने यो सहयोगले ती बालबालिकाहरूका लागि ठूलो सहारा र आत्मविश्वासको आधार बनेको स्थानीय बासिन्दाहरूले बताएका छन्।


कार्यक्रममा संस्थाकी केन्द्रिय अध्यक्ष चन्द्रकला काफ्ले ज्यू, झापा जिल्ला सह–संयोजक रोशनी खनाल ज्यू तथा सदस्य निर्मला नेपाल ज्यूको गरिमामय उपस्थिति रहेको थियो। उपस्थित व्यक्तित्वहरूले यस्ता सामा कार्यहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।


जन्मदिनलाई केवल व्यक्तिगत खुशीमा सीमित नराखी समाजका विपन्न बालबालिकाको जीवनमा सानो भए पनि महत्वपूर्ण योगदान पुर्‍याउने उद्देश्यले गरिएको यो कार्यले मानवता, माया र सहकार्यको सन्देश फैलाएको छ। स्थानीयस्तरमा यस कार्यक्रमको व्यापक प्रशंसा हुँदै आएको छ भने यसले अरूलाई पनि यस्तै सामाजिक कार्यमा प्रेरित गर्ने अपेक्षा गरिएको छ।


ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ




 
 
 

1 Comment

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
Guest
Apr 16
Rated 5 out of 5 stars.

Great work

Like
bottom of page