जन्मदिनमा सामाजिक सेवाको उदाहरण प्रस्तुत गर्दै विद्यार्थीलाई स्कुल ब्याग वितरण
- मेचीमाहाकाली बुहारी संयुक्त आवाज

- Jul 29
- 2 min read
मिति: २०८३ सावन १४- झापा ।
जन्मदिनलाई केवल व्यक्तिगत खुसी र उत्सवको दिन नभई समाजप्रतिको उत्तरदायित्व पूरा गर्ने अवसरका रूपमा मनाउँदै मेचीमाहाकाली बुहारी संयुक्त आवाज (MEMBSA) झापा जिल्ला सदस्य जुनु भट्टराईले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गर्नुभयको थियो।
बालबालिकाको शैक्षिक यात्रामा सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले गरिएको उक्त सामाजिक कार्यले सेवा, सहयोग र मानवताको भावना झल्काएको छ। जन्मदिनको अवसरमा गरिएको यस किसिमको कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै अन्यलाई पनि सामाजिक सेवामा प्रेरित गर्ने विश्वास लिइएको छ।
विद्यार्थीहरूले स्कुल ब्याग प्राप्त गरेपछि देखाएको खुसी र उत्साहले कार्यक्रमलाई अझ विशेष बनाएको थियो। समाज परिवर्तनका लागि ठूलो स्रोतभन्दा पनि सहयोग गर्ने ठूलो मन आवश्यक हुन्छ भन्ने सन्देश यस कार्यक्रमले दिएको छ।
कार्यक्रममा मेचीमाहाकाली बुहारी संयुक्त आवाज झापा जिल्ला सचिव रिना राई, कोषाध्यक्ष सीता श्रेष्ठ, सह–कोषाध्यक्ष सीता तिम्सिना, सदस्य जुनु भट्टराई, उपशाखा सह–कोषाध्यक्ष अन्जना रेग्मी तथा विद्यालयका आदरणीय शिक्षक–शिक्षिकाहरूको गरिमामय उपस्थिति रहेको थियो।
मेचीमाहाकाली बुहारी संयुक्त आवाजले महिला सशक्तीकरण, शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर काम गर्दै आएको छ।
”ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ।"
मेम्बसा परिवारले यस मानवीय कार्यका लागि जुनु भट्टराईज्यूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै उहाँको आगामी जीवन सुख, शान्ति, समृद्धि र समाजसेवाको यात्राले निरन्तर अगाडि बढोस् भन्ने कामना गर्दछ।









Great job