top of page

नारी दिवसको अवसरमा MEMBSA कोशी प्रदेशद्वारा क्यान्सरपीडित महिलालाई नगद तथा खाद्यान्न सहयोग

मिति: २०८२/११/२४


११६ औँ अन्तर्राष्ट्रिय श्रमिक नारी दिवसको पावन अवसरमा मेची–महाकाली बुहारी संयुक्त आवाज (MEMBSA) कोशी प्रदेश ले मानवीय सहानुभूति र सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै एक उदाहरणीय सहयोग कार्यक्रम सम्पन्न गरेको छ।


मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका–५, लाटीझोडा निवासी स्वर्गीय कुमार श्रेष्ठको दुःखद निधनपछि क्यान्सर रोगसँग संघर्ष गरिरहनुभएकी उहाँकी धर्मपत्नी श्रीमती प्रमिला श्रेष्ठलाई सहयोग स्वरूप नगद रु. ११,१०० (एघार हजार एक सय) रुपैयाँ तथा आवश्यक खाद्यान्न सामग्री प्रदान गरिएको हो।


पारिवारिक पीडा र स्वास्थ्य समस्यासँग जुध्दै जीवन संघर्ष गरिरहनुभएकी प्रमिला श्रेष्ठलाई सानो भए पनि राहत, हौसला र आत्मबल प्रदान गर्ने उद्देश्यले उक्त सहयोग गरिएको आयोजक संस्थाले जनाएको छ। यस्ता मानवीय कार्यहरूले समाजमा सहकार्य, सहानुभूति, सामाजिक एकता र मानवताको भावना बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।


कार्यक्रमका क्रममा MEMBSA का प्रतिनिधिहरूले कठिन परिस्थितिमा रहेका महिला तथा परिवारलाई सहयोग गर्नु समाजको साझा जिम्मेवारी भएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि यस्ता मानवीय सहयोगका कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने बताएका छन्। साथै नारी दिवसलाई केवल औपचारिक रूपमा मनाउने दिन मात्र नभई महिला सम्मान, अधिकार र सहयोगको सन्देश समाजभर फैलाउने अवसरको रूपमा लिनुपर्नेमा जोड दिइएको थियो।


उक्त सहयोग कार्यक्रम MEMBSA कोशी प्रदेशको पहल तथा प्रदेश संयोजक पिंकी थापाको सक्रिय नेतृत्वमा सम्पन्न भएको हो। यस मानवीय कार्यमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिनुहुने सम्पूर्ण सहयोगी हातहरू तथा संस्थाका सदस्यहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरिएको छ।


ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ ।


 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page