top of page

नारी दिवसमा MEMBSA सुनसरीको उदाहरणीय काम, इटहरीका एकल महिलालाई आर्थिक सहयोग

मिति: २०८२/११/२४

इटहरी, सुनसरी :


११६औँ अन्तर्राष्ट्रिय श्रमिक नारी दिवसको पावन अवसरमा मेचीमहाकाली बुहारी संयुक्त आवाज (MEMBSA) सुनसरी ले सामाजिक संवेदनशीलता र मानवताको भावना प्रकट गर्दै विपन्न तथा एकल महिलाहरूलाई सहयोग प्रदान गरेको छ।


यस अवसरमा सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका वडा नं. ४ निवासी एकल महिला श्रीमती कौशिला पोखरेल (भुजेल) लाई नगद रु. २०,००० (बिस हजार) सहयोग प्रदान गरिएको छ। त्यस्तै इटहरी उपमहानगरपालिका वडा नं. ६ मा बसोबास गर्दै आउनुभएकी अर्की एकल महिला श्रीमती राधा भट्टराई लाई पनि नगद रु. ३,००० (तीन हजार) सहयोग उपलब्ध गराइएको छ।


आर्थिक अभाव, पारिवारिक परिस्थिती तथा सामाजिक चुनौतीका कारण एकल जीवन बिताइरहनुभएका महिलाहरूलाई सानो भए पनि राहत, आत्मविश्वास र हौसला प्रदान गर्ने उद्देश्यले उक्त सहयोग गरिएको आयोजकले जनाएको छ। यस्तो सहयोगले कठिन परिस्थितिमा जीवनयापन गरिरहेका महिलाहरूलाई आत्मबल बढाउनुका साथै समाजमा सहयोग, सहकार्य र मानवीयताको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।


कार्यक्रम मेचीमहाकाली बुहारी संयुक्त आवाज (MEMBSA) सुनसरी की जिल्ला संयोजक पूजा कार्की को नेतृत्वमा सम्पन्न भएको हो। कार्यक्रममा संस्थाका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले नारी सशक्तीकरण, सामाजिक समानता तथा मानवीय सेवाको महत्वबारे पनि आफ्ना धारणा व्यक्त गरेका थिए।


कार्यक्रमका क्रममा वक्ताहरूले अन्तर्राष्ट्रिय नारी दिवस केवल औपचारिक उत्सव मात्र नभई महिलाहरूको अधिकार, सम्मान, सुरक्षा र अवसरको सुनिश्चितताका लागि समाजलाई थप सचेत र जिम्मेवार बनाउनुपर्ने दिन भएको बताएका थिए। विशेषगरी एकल, विपन्न तथा असहाय महिलाहरूलाई समाजको मुख्य धारामा ल्याउन यस्ता सहयोगी कार्यक्रमहरू निरन्तर आवश्यक रहनेमा जोड दिइएको थियो।


संस्थाले यस मानवीय तथा सामाजिक कार्यमा साथ दिनुहुने सम्पूर्ण कार्यसमिति परिवार, सहयोगी हातहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैप्रति संस्थाले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। साथै आगामी दिनहरूमा पनि समाजसेवा, महिला सशक्तीकरण र मानवीय सहयोगका कार्यक्रमहरूलाई अझ व्यापक रूपमा अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।


ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ ।


 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page