top of page

महिला हिंसा न्यूनीकरण सम्बन्धी ७ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

जेष्ठ २६, २०८१


मेचिमहाकाली बुहारी संयुक्त आवाजद्वारा महिला हिंसा न्युनीकरण सम्बन्धि कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । बाराको निजगढ नगरपालिका वडा नम्बर २ सिङ्गौलको सामुदायिक भवन परिसरमा सो तालिम संचालन भएको थियो ।


निजगढ नगरपालिकाको आर्थिक सहयोगमा कार्यपालिका सदस्य लक्षित वर्ग कोष अन्तरगतको बजेटबाट सो तालिम आयोजना गरिएको थियो । “महिला तथा बालबालिकाको हिंसा विरुद्धको हाम्रो अभियान” भन्ने नाराका साथ गत आईतवार उदघाटन भएको थियो । सो कार्यक्रमका संचालन भने सस्थाकी उपाध्यक्ष सगुन लामाले गरेकी थिइन भने संस्थाकी सचीव उषा थापा मोक्तानले स्वागत मन्तब्य गर्नु भएको थियो !


संयोजक चन्द्रिका मगर ले कार्यपालिका लक्षित कोष अन्तर्गत विनियोजित बजेट बाट सन्चालित महिला हिँसा न्युनिकरण सम्बन्धि प्रशिक्षण कार्यक्रमको लागि मेचीमाहाकाली बुहारी संयुक्त आवाज बारालाई छनोट गरी बजेट विनियोजित गरिदिनु भएकोमा र साथ र सहयोग दिनुभएकोमा लोकप्रिय आ बि का प्रधानाध्यापक मुकुन्द बिष्ट ज्यु लाई धन्यवाद दिनु भएको थियो !


ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ !

ree

 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page