खुसी मण्डलको संरक्षणका लागि मेम्ब्सा अग्रपंक्तिमा
- मेचीमाहाकाली बुहारी संयुक्त आवाज

- 5 days ago
- 2 min read
मिति: २०८२/१०/११- झापा
जीवनका यात्रामा कहिलेकाहीँ यस्ता पीडादायी क्षणहरू आउँछन्, जसले शब्दहरूलाई समेत मौन बनाइदिन्छ। श्रीमानको असामयिक निधनपछि कठिन संघर्षपूर्ण जीवन बिताइरहनु भएकी माला मण्डललाई मेचीमहाकाली बुहारी संयुक्त आवाज (MEMBSA) ले यसअघि आर्थिक तथा खाद्यान्न सहयोग गर्दै आइरहेको थियो। तर दुर्भाग्यवश, हालै माला मण्डलको पनि असामयिक निधन भएको दुःखद खबरले सबैलाई स्तब्ध बनाएको छ।
आमाको निधनसँगै उहाँकी शारीरिक रूपमा अपाङ्ग छोरी नानी खुसी मण्डल पूर्ण रूपमा असहाय अवस्थामा पुगेकी थिइन्। नानीको भविष्य, सुरक्षा र समुचित हेरचाह सुनिश्चित गर्न MEMBSA ले तत्काल पहल गर्दै उहाँलाई कन्काई–१, झापा स्थित सुस्त मनस्थिति सरोकार मञ्च नेपालमा सुरक्षित संरक्षणको व्यवस्था गरेको छ।
संस्थाका अनुसार, खुसी मण्डलको वर्तमान संरक्षण मात्र नभई उहाँको दीर्घकालीन हित, शिक्षा, स्वास्थ्य र सम्मानजनक जीवन सुनिश्चित गर्नु नै संस्थाको प्रमुख लक्ष्य हो। नानीको राम्रो होस् भन्ने कामना मात्र होइन, त्यसलाई व्यवहारमा उतार्ने जिम्मेवारीका साथ MEMBSA अघि बढिरहेको जनाएको छ।
मेचीमहाकाली बुहारी संयुक्त आवाज असहाय, अपाङ्ग, अभिभावकविहीन तथा जोखिममा परेका बालबालिकाको संरक्षण, अधिकार र उज्ज्वल भविष्यका लागि सदैव अग्रपंक्तिमा उभिँदै आएको संस्था हो। खुसी मण्डलको संरक्षण त्यसै प्रतिबद्धताको निरन्तरता हो।
यस दुःखद घडीमा साथ, माया, सहानुभूति र आत्मीयता देखाउनु हुने सम्पूर्ण सहयोगी मनहरूप्रति MEMBSA परिवारले हृदयदेखि नै आभार र कृतज्ञता व्यक्त गरेको छ। संस्थाले यस्ता कयौँ बालबालिकाको जीवनमा आशा र सुरक्षाको उज्यालो ल्याउने कार्य निरन्तर जारी रहने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ ।
मेचीमहाकाली बुहारी संयुक्त आवाज (MEMBSA)
माया, मानवियता र एकताको स्वर


.png)

.png)




राम्रो कार्य 👍👏👏
Awesome job
सुन्दर कार्य