top of page

मेचिमहाकालीद्वारा सिङ्गौलमा ७ दिने महिला हिंसा न्यूनीकरण प्रशिक्षण कार्यक्रमको उद्घाटन।


जेष्ठ २१ आईतवार।

निजगढ: मेचिमहाकाली बुहारी संयुक्त आवाज बाराको आयोजना मा निजगढ नगरपालिकाको आर्थिक सहयोग तथा निजगढ नगर कार्यपालिका सदस्य लक्षित वर्ग कोष अन्तरगत छुट्याईएको बजेटबाट बाराको निजगढ नगरपालिका वडा नं.२, सिङ्गौलको सामुदायिक सभाहलमा "महिला तथा बालबालिकाको हिंसा विरुद्धको हाम्रो अभियान" भन्ने मुल नाराका साथ महिला तथा बालबालिकाको हिंसा विरुद्ध ७ दिने महिला हिंसा न्यूनीकरण प्रशिक्षण कार्यक्रम नि.न.पा उप प्रमुख सोम माया थिङ ज्यु को प्रमुख आतित्थ्यमा आईतवार उद्घाटन गरिएको छ।


उक्त समुद्घाटन समारोह कार्यक्रमका प्रमुख अतिथि निजगढ नगरपालिका नगर उप-प्रमुख सोममाया थिङ्ग, बिशिस्ट अतिथी निजगढ नगरपालिका २ नं.कार्यबाहक वडा अध्यक्ष पुस्कल खड्का, कार्यपालिका सदस्य मान बहादुर डासेली,मनमाया लामा,शर्मिला सुनार,फुलमाया तामाङ्ग,ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुस्वाहा, अतिथिहरुमा २ नं वडा सदस्य धन बहादुर थापा, बिष्णुमाया विश्वकर्मा, सन्चारकर्मी पवन वि.क., शान्त कुमार सापकोटा लगायतको उपस्थिति रहेको थियो।


संस्थाका संयोजक चन्द्रिका कु.पुलामी मगरको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी, बिशिस्ट अतिथी तथा अतिथिहरुबाट गमलामा पानी हालेर औपचारिक कार्यक्रमको समुद्घाटन गरिएको थियो। संस्थाकी सचीव उषा थापा मोक्तानले संचालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाकाकि उपाध्यक्ष सगुन लामाले गर्नुभएको थियो। यश एक हप्ते तालिममा ३५ जना महिला सहभागिहरुलाई प्रशिक्षक रश्मि लामिछानेले प्रशिक्षण दिनुहुनेछ।


पछिल्लो समय यश सँस्थाले आवाजबिहिन महिला हिंसाबाट पीडित अन्यायमा परेका महिला दिदिबहिनीहरुलाई न्याय दिलाउने काम गर्ने, अग्निपिडित, आर्थिक अभावले उपचार गर्न नसक्ने क्यान्सर पिडित, मृगौला पीडित ब्यक्तिहरुलाई सहयोग गर्दै आएको संस्थाकी संयोजक चन्द्रिका मगरले बताउनु भयो ।


ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ ।


ree

 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page