top of page

मेचीमहाकाली बुहारी संयुक्त आवाजले सामाजिक सद्भाव र प्रेमका लागि आयोजना गरेको बनभोज कार्यक्रम

मिति: २०८१ साल माघ ५ गते सनिबार,

मेचीमहाकाली बुहारी संयुक्त आवाजले  संस्था भित्र आबद्व रहेका महिलाहरुसंग अन्तर सम्बन्ध प्रगाढ बनाउन समूहिक बनभोज कार्यक्रम सम्पन्न गरेको छ । झापा जिल्ला कमिटी, कमल गाँउपालिका र कनकाई उपशाखाको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा  मेचीमहाकाली बुहारी संयुक्त  आवाजकी केन्द्रिय अध्यक्ष चन्द्रकला काफ्ले  ब्यानर पढेर कार्यक्रमको उदघाट्न गर्नु भएको थियो । 


झापा जिल्ला संयोजक गंगा भट्टराईको अध्यक्षतामा सम्पन्न औपचारीक कार्यक्रमको औचित्यमाथी संस्थाकी केन्द्रिय अध्यक्ष काफ्लेले प्रकाश पार्नुभएको थियो ।उहाँले संस्थाबाट के फाइदा मिल्छ भनेर संस्थामा नलाग्न आग्रह गर्नुभयो । सुगमका बुहारीहरुलेदुर्गमका बुहारीहरुलाई संगै लिएर हिड्नु पर्ने  उहाँको भनाइ छ । उहाँले स्थापनाकालि समयलाई स्मरण गर्दै यो संस्थालाई नेपाल का ५५ जिल्ला भन्दा बढीस्थानमा पु¥याउन संस्थापक अध्यक्ष यमु शर्मा पौडेलको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो । उहाँले यमुशर्मा पौडेल संस्थाको जरा रहेको बताउदै सम्म्पूर्ण बुहारीहरु त्यसको  हाँगा र पात रहेको बताउनु भयो । बालबालिका ,महिला तथा पुरुष हिंसाका विरुद्व आउँदा दिनमा शसक्त रुपमा लाग्न सम्पूर्ण महिला सदस्यरुलाई आग्रह गर्नुभयो ।


बनभोज कार्यक्रममा सफल नेतृत्व प्रदान गरी सामाजिक जागरणमा महिलालाई प्रेरणा प्रदान गर्न सफल भएको भन्दै केन्द्रिय अध्यक्ष चन्द्रकला काफ्लेलाई सम्मान गरिएको थियो ।त्यस्तै सञ्चार माध्यमबाट समाचार सम्प्रेशण गरी खेलेको भुमिकाको कदर गर्दै सञ्चारकर्मी भरत प्रसाई पनि सम्मान गरिएको थियो ।


कार्यक्रममा  रीना राई ,रोशनी खनाल, आरजु शर्मा ,चन्दा उप्रेती,मिना यादव,निर्मला नेपाल, विनु राजवंशी, कल्पना भट्टराई ,अस्मिता न्यौपाने ,निर्मला बस्नेत रिता घिमिरे, मुना कँडेल,पूजा शर्मा ,चन्द्रकला सुब्बा कमल संयोजक माया बास्कोटा, सुनिता अधिकारी काफ्ले ,मिथिला श्रेष्ठ ,सुनिता तामाङ, देवका भण्डारी,आशासुब्बा ,लक्ष्मी रसाइली ,अम्बिका मैनाली ,शिला सुवेदी सफला अधिकारी,स्वस्तिकान्यौपाने,श्रृजना पराजुली ,शर्मिला अधिकारी  कल्पना भट्टराई ,दीक्षा खतिवडा ,निलम प्रसाई ,अन्जना सापकोटा ,जानुका सुवेदीलगायतको उपस्थिती रहेको थियो ।  औपचारीक कार्यक्रमको सञ्चालन झापा जिल्ला सह–संयोजक  रोशनी  खनाल अधिकारीले गर्नु भएको थियो । 


ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ।



ree


 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page