top of page

मेचीमाहाकाली बुहारी संयुक्त आवाज बॅाकेद्वारा बिश्वको दोस्रो होची महिलालाई आर्थिक सहयोग

मितिः 2080/07/08- “भगवान भेट्न मन्दिर को ढुङ्गा लाई पुज्नु जानू पर्दैन , कोहि गरिब दुखी को घाउमा मलहम पट्टी बनी दिनु भयो भने , पक्कै पनि हजुरले पुज्ने भगवान भेट्नु हुने छ “ ……………………मेचीमहाकाली बुहारी सयुक्त आवाज को आयोजनामा जिल्ला शाखा बॅाके द्वारा कोहलपुर मा अवस्थित कोहलपुर मेडिकल कलेज को एच ओ डि डिपार्टमेन्ट मा रहेकी बिरामी बिश्वको दोस्रो होची महिला इश्वरी माया छिनाल को स्वास्थ्य अवस्था बुझी , वाहा को बुवा को हातमा इश्वरी मायाको थप उपचारको लागी आर्थिक सहयोग गरेको छ !


मेची माहाकाली बुहारी संयुक्त आवाज बॅाकेकी संयोजक उर्मिला पाण्डे ज्यू ले इश्वरी माया लाई अहिले औषधी उपचार का साथै पोशिलो खानपिनको आवश्यक रहेको छ र घरपरिवार को आर्थिक अवस्था पनि निकै कम्जोर रहेकोले सबैलाई सहयोग गरिदिनु हुन भनेर आग्रह पनि गर्नुभएको छ !

इश्वरीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै भविश्यमा इश्वरी माया छनाललाई उपचारको लागी आर्थिक अभाव परे फेरी पनि सहयोग गर्न पछी नपर्ने भन्दै बॅाकेकी सचिव प्रमिला शाहीले बताउनु भयो !


ree

 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page