लैंगिक हिंसा विरुद्व १६ दिने अभियान अन्तर्गत मानव बेचविखन विरुद्व अभिमुखीकरण कार्यक्रम
- मेचीमाहाकाली बुहारी संयुक्त आवाज

- Nov 29, 2024
- 2 min read
मेचीमहाकाली बुहारी संयुक्त आवाज कनकाई शाखाको आयोजनामा लैंगिक हिंसा विरुद्व १६ दिने अभियान अन्तर्गत मानव बेचविखन विरुद्व अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
झापा गाँउपालिका वडा नम्वर ७ मदरगाछ स्थित जनकल्याण माध्यमिक विद्यालयकोसभा हलमा आयोजित कार्यक्रममा स्थानिय महिला,बालकालिका,जनप्रतिनिधी, लगायत संस्थाका प्रतिनिधीहरुको बाक्लो उपस्थिती रहेको थियो। मेची महाकाली बुहारी संयुक्त आवाज कन्काई शाखाकी अध्यक्ष कल्पना भट्टराई उप्रेतीको अध्यक्षतामा आयोजित कार्यक्रमलाई संस्थाकी कन्काई शाखा सदस्य विन्दा बाँस्कोटाले स्वागत गर्नु भएको थियो ।
उहाँले लैंगिक हिंसाको सुरुवात हाम्रो चिन्तनबाट शुरु हुने भएकोले आफ्नो बिचारमा परिर्वतन ल्याउनु पर्नेमा जोड दिनुभयो । झापा गाँउपालिका वडा नम्वर ७ का वडा सदस्य प्रेम गणेशको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको औचित्यमाथी प्रकाशपार्दै मेचीमहाकाली बुहारी संयुक्त आवाजकी झापा जिल्ला अध्यक्ष गंगा भट्टराईले मेची महाकाली बुहारी संयुक्त आवाज शहर केन्द्रित गतिविधी भन्दा गाँउ र दुरदराजमा पिल्सिएका गरीव दिनदुःखीको आवाज बन्न चाहेको बताउनुभयो । उहाँले मेचीमहाकाली बुहारी संयुक्त आवाजलाई नेपाली महिलाको गर्भिलो संस्था बनाउन अहोरात्र लागी पर्नुभएको भन्दै संस्थापक अध्यक्ष यमुशर्मा पौडेललाई विशेष धन्यवाद दिनुभयो ।
अध्यक्ष भट्टराईले नारी मात्र नभएर कतिपय स्थानमा पुरुषपनी प्रताडित र पिडित भएको बताउदै लिङ्गको आधारमा विभेद कहिपनी हुनुनहुने बताउनु भयो । उहाँले १६ दिन मात्र हिंसाका कुरा गरेर सामाजमा परिर्वतन नआउने बताउनु भयो । सबैले आफैबाट थालनी गर्न सकेमात्रै सबै किसिमका हिंसालाई नियन्त्रण गर्न सकिने उहाँको भनाई छ । कार्यक्रमको पहिलो श्रङखलामा कालिदास फाउण्डेशनका प्रतिनिधीको तर्फबाट मानव बेचविखनको वर्तमान अवस्था र यसको न्युनीकरण विषयक अन्तरक्रियात्मक कार्यशाला प्रस्तुत गरिएको थियो ।
कार्यशालाको सहजीकरण कालिदास फाउण्डेशनका प्रतिनिधी विवेक शिवाकोटीले गर्नुभएको थियो ।
ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ।









Comments