हल्दीबारीमा ३५ विद्यार्थीलाई जुत्ता तथा मोजा वितरण
- मेचीमाहाकाली बुहारी संयुक्त आवाज

- Feb 23
- 2 min read
मिति: २०८२/११/११- हल्दीबारी, झापा
हल्दीबारी गाउँपालिका वडा नं. ३ मा अवस्थित श्री पञ्चायत माध्यमिक विद्यालयमा ३५ जना विद्यार्थीलाई जुत्ता तथा मोजा वितरण गरिएको छ। कार्यक्रम सामाजिक उत्तरदायित्व र मानवीय सहयोगको उद्देश्यले आयोजना गरिएको हो।
मेची महाकाली बुहारी संयुक्त आवाजका संस्थापक अध्यक्ष तथा मेम्बसा इन्टरनेसनलकी अध्यक्ष यमु शर्मा सुम्बाकी सुपुत्री रोयक्षा शर्मा पौडेलको जन्मोत्सवको अवसर पारेर कक्षा १ देखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय पोशाकमा प्रयोग हुने जुत्ता तथा मोजा उपलब्ध गराइएको आयोजकले जनाएको छ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंकबहादुर लिङ्देन, सदस्यहरू अस्मिता मेयाङ्वो र गणेश केरुङ, मेची महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्ले, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।
शिक्षक अभिभावक संघका अध्यक्ष गणेश भट्टराईले सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यसले विद्यार्थीहरूमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंकबहादुर लिङ्देन र प्रधानाध्यापक डिल्लीराम ढुंगेलले यस्ता सहयोगात्मक कार्यक्रमहरू निरन्तर हुनुपर्नेमा जोड दिनुभयो।
मेची महाकाली बुहारी संयुक्त आवाजकी जिल्ला अध्यक्ष गङ्गा भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य अभिषेक खतिवडाले राख्नुभएको थियो भने सञ्चालन जिल्ला सदस्य चन्दा उप्रेतीले गर्नुभएको थियो। आयोजकका अनुसार यस्ता सामाजिक तथा शैक्षिक सहकार्यले विद्यालय र समुदायबीचको सम्बन्ध सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ ।


.png)

.png)




Comments