top of page

MEMBSA को सहयोगले नेल्सनको जीवनमा आशाको किरण

उर्लाबारी (मोरङ), मिति: २०८२/०९/२७,


मेची महाकाली बुहारी संयुक्त आवाजको तर्फबाट जन्मसँगै मुटुको भलमा गम्भीर समस्या देखिएर मुटुरोगसँग जीवन–मरणको संघर्ष गरिरहेका उर्लाबारी नगरपालिका–६, हललाइन निवासी विदुर आले मगर र गोमा मगर सरिताका १३ महिनाका नन्हा छोरा नेल्सन आले मगरको उपचार सहयोगका लागि मानवीय पहल गरिएको छ।


संस्थाले बालकको जीवन रक्षा तथा उपचारमा सहयोग पु¥याउने उद्देश्यले रु. १९,००० नगद रकम तथा आवश्यक लत्ता–कपडा उनकी आमालाई हस्तान्तरण गरेको हो। आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका परिवारका लागि यो सहयोग सानो भए पनि आशा, भरोसा र आत्मबलको प्रतीक बनेको छ।


लत्ताकपडा सहयोग उपलब्ध गराइदिनु हुने संस्थापक अध्यक्ष यमु शर्माप्रति संस्थाले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ । पीडामा रहेका निस्कलंक बालकका लागि गरिएको यो मानवीय योगदानले संस्थाको सेवाभावलाई थप सुदृढ बनाएको छ।


उक्त सहयोग कार्यक्रम केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्लेको प्रमुख आतिथ्यतामा तथा झापा जिल्ला संयोजक गङ्गा भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उर्लाबारी नगरपालिका–६ का वडा सदस्य बमबहादुर श्रेष्ठ विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। साथै, झापा जिल्ला सह–संयोजक रोशनी खनाल, जिल्ला सचिव रिना राई, जिल्ला कोषाध्यक्ष सीता श्रेष्ठ, स्थानीय सुस्मा दाहाल, समाजसेवी रमेश गिरीलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।


विगतदेखि नै गरिब, असहाय र विपन्न वर्गको आवाज बन्दै आएको मेची महाकाली बुहारी संयुक्त आवाज कहिले चियाबगानका श्रमिकको पीडामा आवाज उठाउँदै आएको छ भने कहिले अस्पतालको शय्यामा छटपटाइरहेका बिरामीका लागि सहारा बन्दै आएको छ। साथै, दुर्गम गाउँ–पहाडका विद्यालय नपुगेका बालबालिकाका हातमा कापी–कलम र पोशाक पुर्‍याउँदै संस्थाले शिक्षा र स्वास्थ्य क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ।


मानवता, करुणा र सेवाको भावनालाई मूल मन्त्र बनाउँदै अघि बढिरहेको मेची महाकाली बुहारी संयुक्त आवाजले यस्ता सहयोगात्मक तथा मानवीय कार्यहरू आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दछ।


ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ ।



 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page