आर्थिक रूपमा कमजोर ३२ परिवारलाई सिरक र ती परिवारका ७५ बालबालिकालाई न्यानो कपडा वितरण
- मेचीमाहाकाली बुहारी संयुक्त आवाज

- Dec 15, 2024
- 2 min read
मितिः २०८१ मंसिर २९ गते, शनिबार,
मेम्बसा इन्टरनेशनल तथा मेम्बसा नेपालद्वारा झापा जिल्ला कचनकवल गाउँपालिका–१, गणेश टोलमा आयोजित एक विशेष सामाजिक सेवा कार्यक्रममा आर्थिक रूपमा कमजोर ३२ परिवारलाई सिरक र ती परिवारका ७५ बालबालिकालाई न्यानो कपडा वितरण गरियको थियो। यो कार्यक्रम मेम्बसा इन्टरनेशनलकी अध्यक्ष तथा संस्थापक अध्यक्ष यमु शर्मा सुब्बाको वार्षिकोत्सवको अवसरलाई सामाजिक सेवासँग जोड्दै, समाजमा समर्पण र सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गर्न आयोजित गरिएको थियो।
कार्यक्रमको अध्यक्षता मेम्बसा नेपालकी अध्यक्ष चन्द्रकला काफ्लेले गर्नुभएको थियो भने प्रमुख अतिथि कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद राजवंशी, विशेष अथिति वडा नं. १ का कार्यवाहक अध्यक्ष अनन्त राजवंशी, अतिथिहरु गाउँपालिका सदस्य उमा शंकर गणेश, समाजसेवी झरेन्द्र गणेश, झर्मलाल गणेश, जेष्ठ नागरिक पलानो गणेश, जेष्ठ आमा चम्पा देवी गणेश, आदरणीय समाजसेवी डिल्लीराम नेपाल, झापा जिल्ला संयोजक गंगा भट्टाराई, सह–संयोजक रोशनी खनाल, सदस्य निर्मला नेपाल, सदस्य चन्दा उप्रेती, तथा पत्रकार भरत प्रसाईजस्ता विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
यो कार्यक्रम केवल न्यानो कपडाको वितरणमा सीमित नभई, सामाजिक सेवाको माध्यमबाट विपन्न वर्गप्रतिको उत्तरदायित्वको भावना उजागर गर्ने प्रयास थियो। यसले स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गर्दै, कमजोर र अक्षम वर्गप्रति सहानुभूति तथा सहयोगको भावना जगाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। साथै, मेम्बसा इन्टरनेशनल र मेम्बसा नेपालको सहकार्यमा गरिएको यो अभियानले सामाजिक सेवामा एकीकृत प्रयासको महत्वलाई अझ उजागर गरेको छ।
मेम्बसा इन्टरनेशनलकी अध्यक्ष यमु शर्मा सुब्बाले, झापा जिल्ला कार्यसमिति, र स्थानीय प्रतिनिधिहरूको सहकार्यबिना यो कार्यक्रम सम्भव हुने थिएन। विशेष गरी कार्यक्रमको व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्ने सम्पूर्ण टोलीप्रति म विशेष आभार व्यक्त गर्न गर्नु भयको थियो र आगामी दिनमा पनि विपन्न वर्गलाई सहारा दिने र महिला तथा बालबालिकाको जीवनस्तर सुधार गर्ने उद्देश्यले अझ प्रभावकारी योजनाहरू ल्याउने लक्ष्य राखेको
बताउनु भयको थियो।
कार्यक्रममा बोल्दै मेम्ब्सा नेपालीकी अध्यक्ष चन्द्रकला काफ्लेले यस किसिमका कार्यक्रममा निरन्तर समर्थन र सहभागिता रहने अपेक्षासहित, आगामी दिनमा समाजको समग्र उत्थानका लागि अझ दृढ प्रयास गर्न प्रतिज्ञाबद्ध रहेको बताउनु भयो। कार्यक्रमको सञ्चालन झापा जिल्ला सह–संयोजक रोशनी खनालले गर्नु भएको थियो ।
ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ।










Great Work