top of page

इटहरीस्थित निशाहाय बाल आश्रमका बालबालिकाहरूलाई दिवा भोजन सेवा

मितिः २०८१ भाद्र १५ गते,

सुनसरी- मेची-माहाकाली बुहारी संयुक्त आवाज, सुनसरीले संस्थाको पाँचौं वार्षिकोत्सवको अवसरमा एक विशेष सामाजिक सेवा कार्यक्रमको आयोजना गर्दै, इटहरीस्थित निःशाहाय बाल आश्रमका बालबालिकाहरूलाई दिवा भोजन सेवा प्रदान गरेको छ। यस कार्यक्रममा सहभागी हुँदै, संस्थाले पाँच वर्षको सेवामूलक यात्रालाई थप सार्थक र समाजिक उत्तरदायित्वप्रति समर्पित बनाएको छ।


उक्त अवसरमा संस्थाका पदाधिकारीहरू, आजीवन सदस्यहरू, र विभिन्न सामाजिक अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। संस्थाका जिल्ला संयोजक हरिमाया कार्कीले बालबालिकाको हित र भलाइका लागि यस्ता सहयोगात्मक र परोपकारी कार्यक्रमहरूको निरन्तरता हुने प्रतिबद्धता व्यक्त गर्दै, आगामी दिनमा संस्थाले थप प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने जानकारी दिइन्। समाजको हरेक तहमा सकारात्मक योगदान पुर्‍याउन, मेची-माहाकाली बुहारी संयुक्त आवाजले सामाजिक सेवाका विविध आयामहरूमा आफ्नो उपस्थिति विस्तार गर्ने योजना पनि राखेको छ।


कार्यक्रमले समाजमा परोपकारी कार्यहरूको महत्त्वलाई पुनःप्रमाणित गर्दै, बालबालिकाहरूको शिक्षा, स्वास्थ्य र समग्र कल्याणका लागि संस्थाको दीर्घकालीन प्रयासलाई अगाडि बढाउने सन्देश दिएको छ।

ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ । 


ree

 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page