इलाका प्रहरी कार्यालय, निजगढलाई मेम्सा नेपाल ( बारा शाखा) द्वारा वाल फेन हस्तान्तरण
- मेचीमाहाकाली बुहारी संयुक्त आवाज
- Jun 16
- 1 min read
निजगढ, बारा । २०८२ असार २
सभ्यता, समानता र स्वच्छ समाज निर्माणका लागि क्रियाशील मेचीमाहाकाली बुहारी संयुक्त आवाज, बाराले इलाका प्रहरी कार्यालय, निजगढमा रहेको प्रतिक्षालयका लागि ४ थान वाल फेन हस्तान्तरण गरेको छ। बद्डै गरेको गर्मीलाई मध्यनजर गर्दै सेवा लिन आउने नागरिकहरूलाई शीतल र सहज वातावरण प्रदान गर्ने उद्देश्यले उक्त सहयोग गरिएको संस्थाले जनाएको छ।
फेन हस्तान्तरण कार्यक्रममा इलाका प्रहरी कार्यालय, निजगढका प्रतिनिधिहरूले संस्थाले देखाएको सामाजिक उत्तरदायित्व, सहकार्यको भावना र योगदानको खुलेर प्रशंसा गरे। उनीहरूले आगामी दिनहरूमा पनि यस्ता सहयोगात्मक र सकारात्मक कार्य निरन्तर भइरहने विश्वास व्यक्त गरेका छन ।
संस्थाका जिल्ला संयोजक चन्द्रिका मगरका अनुसार, “हाम्रो उद्देश्य केवल सहयोग प्रदान गर्नु मात्र नभई, समुदायमा दीर्घकालीन रूपान्तरण ल्याउनु हो। प्रहरी–नागरिक सम्बन्धमा विश्वास र सकारात्मकताको सेतु निर्माणमा यस्ता स-साना प्रयासहरूले ठूलो अर्थ राख्छन्।”
यसको साथसाथै मेचीमाहाकाली बुहारी संयुक्त आवाज, बाराले समाजको विविध तह र तप्कासँग सहकार्य गर्दै न्याय, समानता र समृद्धिका आधारमा समावेशी र सशक्त समुदाय निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ ।

Comments