top of page

एक छोरीको आँखाबाट बगेको आँशु थाम्न सकियो – न्यायको लडाइँ जितेर स्कुलसम्म पुर्याइयो

झापा, असार २२ झापा,


मेचीमाहाकाली बुहारी संयुक्त आवाजको पहलमा १३ वर्षीया बालिका विद्यालय भर्ना हुँदै, संस्था पक्षमा अदालतको फैसला पनि ।


झापा, असार २२ – गौरादह नगरपालिका–८ हाल बिर्तामोड–४ निवासी सुजता राजवंशी नाम गरेकी १३ वर्षीया बालिकालाई आफ्नै बुबाले “छोरी हैन” भन्दै जन्मदर्ता नगरिदिएको, शिक्षाबाट ४ वर्षदेखि वञ्चित बनाएको पीडादायक घटना एक वर्षअघि मेचीमाहाकाली बुहारी संयुक्त आवाजको ध्यानमा आएको थियो। बालिकाको भविष्य अन्धकारमा नजाओस् भनेर संस्थाले तत्काल कानुनी तथा सामाजिक रूपमा पहल थालेको थियो ।


यस विषयमा संस्था गौरादह नगरपालिका, झापा प्रशासन, वडा कार्यालय लगायत सरोकारवाला निकायहरूसँग निरन्तर समन्वयमा रहँदै आएको थियो। तर दुःखको कुरा, बालिकाका बुबाले उल्टै संस्थामाथि झूटो आरोप लगाउँदै मुद्दा दायर गरेका थिय । गत माघमा सो मुद्दामा अदालतको फैसला संस्थाको पक्षमा आएपछि कानुनीरूपमा महत्वपूर्ण सफलता प्राप्त भएको थियो। तर त्यो केवल पहिलो खुड्किलो थियो संस्थाको लक्ष्य बालिकालाई विद्यालयसम्म पुर्याउनु थियो।


लगातार प्रयास, समन्वय र संघर्षपछि, असार २२ गते बालिकालाई बिर्तामोड–४ स्थित अनारमनी आधारभूत विद्यालयको कक्षा ५ मा भर्ना गराइएको छ।

बालिकाले आज औपचारिक रूपमा विद्यालय जीवन सुरु गरेकी छिन् जुन एक सामाजिक जीत हो, र सम्पूर्ण मानवताका लागि प्रेरणाको विषय हो।


संस्थाका केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्ले , झापा संयोजक गंगादेवी भट्टराई, सह–संयोजक रोशनी अधिकारी, सचिव रिना राई लगाएत झापा शाखा परिवार , उपशाखा कमल संयोज चन्द्रकला सुब्बा लगाएत शाखा परिवार तथा दमक परिवार, र आजीवन सदस्यहरू मनिषा ढुंगेल, विनु राजवंशी, मीना यादव ताजपुरिया लगायत सम्पूर्ण टिमको यो समर्पण सराहनीय छ।


यस्ता घटनाहरू फेरि नदोहोरिउन् भन्ने उद्देश्यले संस्था अब निम्न कार्यहरू अघि बढाउँदैछ: शिक्षा, नागरिकता र सुरक्षाको अधिकारबाट वञ्चित बालिकाहरूको पहिचान, उद्धार र पुनःस्थापनाका लागि प्रदेशभरि कार्यक्रम सञ्चालन, मानसिक स्वास्थ्य र परामर्श सेवा: पीडित बालबालिका र आमाबुबालाई लक्षित मनोपरामर्श शिविर सञ्चालन गरिने भएको छ ।

यो कुनै एउटा बच्चाको मात्र कथा होइन। यो हजारौँ बच्चाहरूको आवाज हो, जसले बोल्न सक्दैनन् र मेचीमाहाकाली बुहारी संयुक्त आवाजले सुजताको आँखाबाट आँशु थाम्न सकेका छौं अब लाखौँ सुजताको उज्यालो भविष्य बनाउनु हाम्रो सामूहिक जिम्मेवारी हो भन्दै झापा जिल्ला संयोजक गंगादेवी भट्टराई ले बताउनु भएको थियो ।


ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ ।





ree



 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page