top of page

कास्कीमा लैंगिक हिंसा न्यूनिकरण बिषयक अन्तरकृया कार्यक्रम

“व्यक्ति, समाज र महिला शसक्तिकरणमा हाम्रो ऐक्यबद्धता लैगिंक हिंसा अन्तरको प्रतिवद्धता” !! मेचीमाहाकाली बुहारी संयुक्त आवाज कास्की को आयोजनामा लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत एक दिने लैंगिक हिंसा न्यूनिकरण बिषयक अन्तरकृया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा मेचीमहाकाली बुहारी संयुक्त आवाज कास्कीका कोषाध्यक्ष गिता थापाले स्वागत मन्तव्य राख्नुभएको थियो , प्रमुख अतिथि कोपिला नेपालका कार्यकारी निर्देशक बिना शिलवालले लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक साँस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरि हुने हिंसालाई लैङ्गिकतामा आधारित हिंसा पर्ने भएकाले स्रोत, साधन, अवसर, जिम्मेवारि तथा हक, अधिकारको असमान वितरण, सानो उमेरमा वा बालविवाह, महिलालाई घरमा मात्र सिमित राख्नु, महिलाको कामको मूल्याङ्कन नगरिनु जस्ता लिङ्गको आधारमा हुने हिंसाहरू लाई सञ्चारमाध्यमले लैंगिक हिंसाका विषयवस्तुलाई महत्वका साथ दिई हिंसाका विषयलाई आफ्नो सञ्चारमाध्यमबाट आम नागरिकलाई सुसुचित गराउन आग्रह गर्नु भएको थियो ।


मेची महाकाली बुहारी संयुक्त आवाज कास्कीकी संयोजक मनु शर्माले लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्ने समाजिक संस्कार, धर्म परम्परा वा रीतिरिवाजका आधारमा गर्ने हिंसाहरु जस्तै बालविवाह, बोक्सिको आरोप, झुमा, देउकी, वादी, बोक्सी, बहुविवाह, सुत्केरी तथा रजस्वलाको समयमा गरिने छुवाछुतको व्यवहार वा छाउपडि इत्यादि सामाजिक साँस्कृतिक हिंसा भएकाले सवै अपमानजन्य, पीडाजन्य वा धम्कीपूर्ण व्यवहार, दवाव, करकाप वा स्वेच्छाचारी रुपमा महिलालाई स्वतन्त्रताको उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य गर्न नहुने कुरामा जोड दिदै सवै सवैमा सतर्क रहन आग्रह गर्नु भयो । कार्यक्रममा अधिवक्ता तारा शर्माले साथै, लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्ने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७१ अनुसार “लैङ्गिक हिंसा” मा सार्वजनिक वा निजी जीवनमा लैङ्गिक आधारमा कसै प्रति शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पुर्‍याउने कार्य वा कुनै पनि प्रकारको अपमानजन्य, पीडाजन्य वा धम्कीपूर्ण व्यवहार, दवाव, करकाप वा स्वेच्छाचारी रुपमा महिलालाई स्वतन्त्रताको उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य गर्न गराउन नहुने कुरामा जोड दिनुभयो ।


मेची महाकाली बुहारी संयुक्त आवाज कास्कीका ३० जना भन्दा वढी सदस्यहरुको सहभागिता थियो, संयोजक मनु शर्माकोे अध्यक्षता तथा कोपीला नेपालकी निर्देशक विना शिलवालको प्रमुख आतिथ्यता र मेची महाकाली बुहारी संयुक्त आवज कास्कीकी सचिव सरस्वती पुरीले कार्यक्रमको सन्चालन गर्नु भएको थियो । मेचीमहाकाली बुहारी संयुक्त आवाज कास्कीले , बिना सिलवाल र तारा शर्मा लाई संमान गरेको थियो ,संयोजक मनु शर्माकोे अध्यक्षता तथा कोपीला नेपालकी निर्देशक विना शिलवालको प्रमुख आतिथ्यता र मेची महाकाली बुहारी संयुक्त आवज कास्कीकी सचिव सरस्वती पुरीले कार्यक्रमको सन्चालन गर्नु भएको थियो ।

ree

 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page