top of page

गरिब तथा विपन्नहरुको सहारा बन्दै मेची महाकाली बुहारी संयुक्त आवाज

मेचीनगर नगरपालिका वडा नं ९ को फारम टोलको बगरमा निकै कष्टकर जीवन विताईरहेका अजित किसानको परिवारको लागि मेचीमहाकाली बुहारी संयुक्त आवाज भगवान बनेको छ । 

अर्काको शरणमा बसेर जसो तसो बनी बुतो गर्दै जीवन यापन गरिरहेका अजित किसानकी जहान सुत्केरी भएको १० दिन जति भएको छ ।


पैसाको अभावले गर्दा, अत्यन्तै न्युन आर्थिक अवस्था भएकी रिता किसान लाई बिहान बेलुका हात मुख जोड्न पनि समस्या परिरहेको बेलामा राम्रो र पोसिलो खाना खान पाउनु उनको लागि सपना जस्तै  भएको थियो ।  


श्रीमानले दिनभर काम गरेको पैसाले आफु भोकै बसेर छोराछोरीको पेट सम्म भर्न पुग्दैन आँखा भरी आँशु पार्दै उनी बताउछिन् ।  

सुत्केरी अवस्थाबाट निस्कन पाए केही गर्ने थिए । यस कष्टपुर्ण अवस्थाबाट सबैले मलाई सहयोग गरिदिए आभारी हुने उहाँ बताउनुहुन्छ ।

सुत्केरी बेला पोसीलो खानेकुरा र भिटामिन खाने उहाँको लागि एकादेशको कथा जस्तै बनेको छ ।


उहाँको यो दुखद अवस्थालाई मध्यनजर गदै मेचीमहाकाली बुहारी संयुत्त आवाजले मंगलबार लत्ता, कपडा, खाद्यान्य सामान साथै सुत्केरीलाई डाइटका रुपमा बिभिन्न पौष्टिक पदार्थयुक्त खानेकुरा हस्तान्तरण गरेको छ । 


करिब १८ हजार बराबरको सामान राहत दिँदै, केही रकम संकलन भए एउटा सुत्ने खाट पनि चाँडै उपलब्ध गराउने संस्थाकी केन्द्रिय अध्यक्ष चन्द्रा काफ्लेले बताउनु भयो । 

राज्यस्तरबाट गर्न नसकेको काम आज नेपालभर मेचीमहाकाली बुहारी संयुत्त आवाजले गरिरहेको छ भन्दा फरक नपर्ला ।

आफ्नो खाजा खर्च मासिक रुपमा १०० उठाएर गरिब, असाहय र रोगको मुखमा छट्पटाईरहेकाहरुलाई सहयोग गर्नु यस संस्थाको मुख्य उदेश्य मध्य एक रहेको संस्थाकी केन्द्रिय अध्यक्ष काफ्लेले बताउनु भयो । 


परिवारका सदस्यलाई लुगा हस्तान्तरण गर्दै अध्यक्ष काफ्लेले गरिब र असाहयलाई सहयोग गर्न पाउँदा मन खुसी भएको जिकिर गर्नुभयो ।


आफ्नो परिवारको दुखलाई देखेर संस्थाले यति ठुलो सहयोग गरेकोमा आफ्नो खुसीको सिमा नरहेको अजित किसान बताउनुहुन्छ ।

यस्तो जटिल अवस्थामा सबैले सहयोग गरिदिन पनि उहाँले अपिल गर्नुभएको छ । झापा जिल्ला सदस्य रोस्नी अधिकारी खनाल र प्रमिला उप्रेतिको पनि उपस्थित रहेको थियो । 

ree

 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page