top of page

छैटौँ वार्षिकोत्सवको अवसरमा साना नानी बाबुहरूलाई स्टेसनरी सामग्री वितरण

महोत्तरी, २०८२ भदौ १९

मेचीमाहाकाली बुहारी संयुक्त आवाज महोत्तरीले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा साना नानीबाबुहरूलाई स्टेसनरी सामग्री वितरण गरेको छ। संस्था अनुसार, यो कार्यक्रम केवल सामग्री वितरणमा सीमित नभई बालबालिकाको उज्ज्वल भविष्यतर्फको सानो तर महत्वपूर्ण योगदानका रूपमा गरिएको हो।


शिक्षा नै जीवनको सबैभन्दा ठूलो शक्ति हो भन्ने विश्वासका साथ आयोजित कार्यक्रममा सहभागी नानीबाबुहरूको मुहारमा देखिएको खुशी नै संस्थाको वास्तविक सफलता भएको संयोजक भवानी तार्कीले बताउनुभयो। उहाँका अनुसार समाजलाई परिवर्तन गर्न ठूलो काम मात्र होइन, साना–साना सकारात्मक कदमहरू पनि उतिकै महत्त्वपूर्ण हुन्छन्।


यस अवसरमा कार्यक्रमलाई सफल बनाउन सहयोग, साथ र माया प्रकट गर्ने सम्पूर्ण साथीहरू, जनता मा बि परिवार तथा शुभेच्छुकहरूलाई संस्थाले विशेष धन्यवाद ज्ञापन गरेको छ।


ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ ।


ree

 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page