top of page

छैठौं वार्षिकोत्सव तथा संस्थापक अध्यक्षको जन्मदिन विशेष सहयोग कार्यक्रम

मिति: २०८२/०५/१९

दमक ।

मेचीमहाकाली बुहारी संयुक्त आवाजले आफ्नो छैठौं वार्षिकोत्सव तथा संस्थापक अध्यक्ष यमु शर्मा सुब्बाको जन्मदिन एकैसाथ मनाउँदै, दमक–९ स्थित दिप ज्योति उराउ टोलका १०४ बृद्ध, असक्त तथा विपन्न घरपरिवारलाई करिब ७० हजार रुपैयाँ बराबरको खाद्यान्न र लत्ताकपडा वितरण गर्दै दिवसलाई अर्थपूर्ण बनाएको छ।


यस अवसरमा गरिएको सहयोग केवल सामग्री वितरण मात्र नभई, माया, आत्मीयता र नयाँ आशाको सन्देश बनेको सहभागीहरूले अनुभूत गरेका थिए। सुरुदेखि नै “सेवा नै जीवनको साँचो सन्तुष्टि हो” भन्ने भावनासहित अघि बढ्दै आएको संस्थाले यसपटक पनि समाजका आवाजविहीन वर्गलाई केन्द्रमा राखेर आफ्नो प्रतिबद्धता दोहोर्याएको हो।


कार्यक्रमका प्रमुख अतिथि दमक–९ का वडाध्यक्ष कुबेर भट्टराई, विशिष्ट अतिथि केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्ले तथा कार्यक्रम अध्यक्ष दमक उपशाखाकी संयोजक अलिशा ओली रहनुभएको थियो। सोही अवसरमा झापा जिल्ला संयोजक गंगा भट्टराईले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै, महिलाहरूको सामूहिक एकताले समाजका कठिन चुनौती समाधान गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमको सञ्चालन दमक उपशाखाकी सचिव सुमन भुर्तेलले गर्नुभएको थियो।


सहयोगात्मक र भावनात्मक वातावरणमा सम्पन्न कार्यक्रममा कमल संयोजक चन्द्रकला सुब्बा, कन्काई संयोजक कल्पना भट्टराई, भद्रपुर उपाध्यक्ष तुलसी थापा, कमल उपशाखा सल्लाहकार मिथिला श्रेष्ठ, सेलिना राई, दमक उपशाखा सल्लाहकार मेनुका चिमरिया लगायतले शुभकामना मन्तव्य दिँदै संस्थाको निरन्तर प्रगतिमा शुभेच्छा व्यक्त गर्नुभयो।


कार्यक्रमलाई भव्य र सफल बनाउन योगदान पु¥याउनु भएका केन्द्रीय अध्यक्ष, झापा जिल्ला परिवार, उपशाखा कमल परिवार, उपशाखा कन्काई परिवार तथा आजीवन सदस्यहरूप्रति संस्थापक अध्यक्ष यमु शर्मा सुब्बाले विशेष धन्यवाद व्यक्त गर्नुभयो।


यो विशेष दिनले फेरि एकपटक पुष्टि गर्‍यो—सामूहिक प्रयास, मानवीय सेवा र प्रेमकै माध्यमबाट समाजमा रुपान्तरण सम्भव छ। मेचीमहाकाली बुहारी संयुक्त आवाजले छर्ने यो सकारात्मक संदेश भविष्यमा पनि प्रेरणाको स्रोत बन्ने विश्वास गरिएको छ।


ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ ।



 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page