जय बागेश्वरी असहाय बाल संरक्षण केन्द्रमा खाद्यान्न सहयोग
- मेचीमाहाकाली बुहारी संयुक्त आवाज

- Sep 4
- 1 min read
बाँके, २०८२ भदौ १९
मेचीमहाकाली बुहारी संयुक्त आवाजको छैटौँ वार्षिकोत्सवको अवसरमा बाँके शाखाले राप्ती सोनारी गाउँपालिका–५ मा अवस्थित जय बागेश्वरी असहाय बाल संरक्षण केन्द्रमा खाद्यान्न सहयोग कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा असहाय बालबालिकासँगै केक काट्दै वार्षिकोत्सवलाई विशेष ढंगले मनाइएको थियो।
संस्थाले जनाएको अनुसार, यस कार्यक्रमको उद्देश्य केवल खाद्यान्न सहयोगमा सीमित नभई असहाय बालबालिकाको जीवनमा आशा, प्रेरणा र आत्मबल थप्ने पनि हो। “सामूहिक माया र सहयोगले मात्रै उज्ज्वल समाज निर्माण सम्भव हुन्छ,” भन्ने विश्वासका साथ संस्था निरन्तर समाजसेवामा अघि बढिरहेको छ।
खाद्यान्न सहयोगका लागि आर्थिक सहयोग पुर्याई कार्यक्रमलाई सहज बनाउन योगदान दिनुभएका बाँके जिल्ला सचिव प्रमिला शाहीसहित सम्पूर्ण सदस्यहरूलाई संयोजक उर्मिला पाण्डेले विशेष धन्यवाद व्यक्त गर्नुभएको थियो । संस्थाका पदाधिकारीहरूले हरेक सहयोग चाहे सानो होस् वा ठूलो समाज परिवर्तन गर्ने शक्ति बोकेको हुन्छ भन्ने धारणा व्यक्त गरेका छन्।
संस्थाले यसअघि पनि विभिन्न ठाउँका विपन्न, असहाय र पीडित महिला तथा बालबालिकाहरूलाई लक्षित गरी सहयोगात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यस किसिमका साना तर महत्त्वपूर्ण कदमहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिइएको छ।
ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ ।









Comments