top of page

जेन्जी आन्दोलनमा घाइते अनिल तामाङलाई MEMBSA द्वारा आर्थिक सहयोग


मिति: २०८२/०६/११, काठमाडौं।

देश र जनताको हकका लागि आवाज उठाउने हरेक युवा हाम्रो गौरव हुन्। तर कहिलेकाहीँ सत्य र न्यायका लागि बोल्नेहरूको बाटो सजिलो हुँदैन। त्यही साहसिक यात्राका बीच उभिनु भएका अनिल तामाङ आज संघर्ष, साहस र प्रतिबद्धताको प्रतीक बनेका छन्।


जेन्जी आन्दोलनमा आफ्नो अधिकारका लागि अग्रपंक्तिमा उभिँदा उहाँ प्रहरीको गोली लागी गम्भीर घाइते हुनुभएको खबरले सम्पूर्ण देशवासीको हृदय गहिरो रूपमा छोएको छ। हाल उहाँ ट्रमा सेन्टर अस्पतालमा उपचाररत हुनुहुन्छ, र उहाँको शीघ्र स्वास्थ्यलाभको कामना सम्पूर्ण MEMBSA परिवारले गरेको छ।


यस्ता कठिन क्षणमा सानो सहयोगले पनि ठूलो हौसला र आशा दिन सक्छ भन्ने विश्वासका साथ, मेचीमाहाकाली बुहारी संयुक्त आवाज (MEMBSA) ले उहाँलाई रु. १८,३७० आर्थिक सहयोग हस्तान्तरण गरेको छ।


उक्त सहयोग रकम काठमाडौँ जिल्ला सचिव श्रीमती रेखा थापा द्वारा अस्पताल पुगेर हस्तान्तरण गरिएको हो। यस अवसरमा MEMBSA परिवारले घाइते तामाङको हौसला बढाउँदै उहाँका लागि आत्मिक शुभेच्छा प्रकट गरेको थियो।


यो सहयोग सम्भव बनाउन फिनल्याण्डमा बसोबास गर्दै आउनु भएकी समाजसेवी सदस्य गीता खड्काको उल्लेखनीय योगदान रहेको छ। टाढा रहँदै पनि मातृभूमिप्रतिको माया र मानवीय करुणाको भावले उहाँले देखाउनुभएको उदाहरण वास्तवमै प्रेरणादायी छ। उहाँको सहयोगले “मानवता देशको सिमानामा सीमित हुँदैन” भन्ने सन्देश दिएको छ। MEMBSA परिवारले गीता खड्कालाई हार्दिक धन्यवाद ज्ञापन गर्दै यस्ता मानवतामूलक कार्यमा निरन्तर साथ र समर्थनको अपेक्षा गरेको छ।


“मानवता त्यही बेला उज्यालो बन्छ, जब कुनै पीडित आत्मामा आशाको दियो बालिन्छ।”

“घाइते शरीर निको हुन्छ, तर मानवीयता कहिल्यै घाइते हुँदैन।”


ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ ।



 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page