झापामा २० जना विद्यार्थीलाई न्यानो स्विटर वितरण
- मेचीमाहाकाली बुहारी संयुक्त आवाज

- Jan 11
- 1 min read
झापा, २०८२/०९/२७
मेचीमहाकाली बुहारी संयुक्त आवाज, झापाको आयोजनामा झापा जिल्ला कोषाध्यक्ष सीता श्रेष्ठको जन्मदिनको अवसर पारेर सामाजिक सेवामूलक कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम अन्तर्गत दिपिनी आधारभूत विद्यालयमा अध्ययनरत २० जना विद्यार्थीहरूलाई न्यानो स्विटर वितरण गरिएको हो।
जाडो मौसमलाई मध्यनजर गर्दै विद्यार्थीहरूको स्वास्थ्य र शिक्षालाई सहयोग पु¥याउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ।
कार्यक्रममा मेचीमहाकाली बुहारी संयुक्त आवाजकी केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्ले प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। साथै, शेषकुमार निरौला, सपना कार्की, झापा जिल्ला सह–संयोजक रोशनी खनाल अधिकारी, झापा जिल्ला सचिव रिना राई, सदस्यहरू जुन भट्टराई, सीता तिम्सिना, दमक उपशाखाकी सचिव सुमन भुर्तेल तथा सीता अधिकारी तिम्सिनाको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले शिक्षा, सामाजिक उत्तरदायित्व र समुदायप्रति संस्थाको निरन्तर प्रतिबद्धताबारे धारणा राख्दै यस्ता मानवीय कार्यहरू आगामी दिनमा पनि निरन्तर हुने विश्वास व्यक्त गरेका थिए।
ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ ।


.png)

.png)




Comments