top of page

तीन वर्षीय उज्जवल ठाकुरको जीवन रक्षाका लागि आफ्नो मानवीय दायित्व निर्वाह गर्दै मेम्ब्सा नेपाल

Updated: Jan 11

मिति २०८१ पौष २७ गते शनिवार,

मेची-माहाकाली बुहारी संयुक्त आवाजले तीन वर्षीय उज्जवल ठाकुरको जीवन रक्षाका लागि आफ्नो मानवीय दायित्व निर्वाह गर्दै रु. २०,५०० नगद र आवश्यक खाद्यान्न सहयोग प्रदान गरेको छ। झापा जिल्ला बिर्तामोड नगरपालिका वडा नं. ५ निवासी उज्जवल, जसले सानै उमेरमा बोनम्यारो क्यान्सर जस्तो गम्भीर रोगसँग जुधिरहेका छन्, उनको थप उपचारका लागि यस सहयोगले थोरै भए पनि राहत प्रदान गर्ने आशा रहेको छ।


नगद हस्तान्तरण कार्यक्रम संस्थाकी केन्द्रिय अध्यक्ष चन्द्रकला काफ्ले, झापा जिल्ला संयोजक गंगा भट्टराई, सह–संयोजक रोशनी खनाल अधिकारी, सह–सचिव आर्जु खतिवडा, सदस्य निर्मला नेपाल, आजीवन सदस्य विनु राजवंशी, तथा पत्रकार केशव भण्डारीको तथा बिर्तामोर्ड ५ का वडा अध्यक्ष रोहित प्रसाईको उपस्थिति र समन्वयमा सम्पन्न भएको हो।


कार्यक्रममा अध्यक्ष काफ्लेले समाजका दुःखी, पीडित र असहाय व्यक्तिहरूप्रति सहयोग गर्न पाउँदा आफ्नो संस्थालाईलाई गर्व लागेको बताउँदै, उज्जवलको शीघ्र स्वास्थ्य लाभको कामना गरिन् र साथै, यस्ता सहयोगहरूले समाजमा मानवीयता र सामूहिक उत्तरदायित्वको भावना झन् बलियो हुने विश्वास व्यक्त गर्नुभएको थियो । यस मानवीय कार्यमा साथ, माया, र सहानुभूति प्रकट गर्दै सहयोगको हात अघि बढाउनु भएकोमा हामी हृदयदेखि नै आभारी ब्यक्त गर्दै सबैको योगदानले उज्जवल ठाकुर बालकको जीवनमा आशा, साहस, र उपचारको संभावना थप बलियो बनाएको बताउनु भएको थियो।


यसै गरि उज्जवलको उपचारमा थोरै भए पनि योगदान गर्न पाउँदा हामीलाई खुसी लागेको छ, तर उनको उपचारका लागि अझै पनि धेरै आर्थिक सहयोग आवश्यक छ। यसरी नै सबैको साथ, माया र सहयोग प्राप्त हुने हो भने उज्जवलले शीघ्र स्वास्थ्य लाभ गर्नेछ भन्नेमा हामी आशावादी छौं भन्दै संस्थाकी झापा जिल्ला संयोजक गंगा भट्टराईले उज्जवलका अभिभावकलाई साहस र धैर्य प्रदान गर्दै, उहाँको स्वास्थ्यमा छिट्टै सुधार होस् भन्ने हाम्रो हार्दिक कामना गर्नुभएको छ।


सानो प्रयासले उज्जवलको परिवारलाई थोरै राहत मिलोस् र भविष्यमा उहाँलाई पूर्ण स्वस्थ देख्न सकियोस् भन्ने हामी सबैको साझा चाहना हो भन्दै संस्थाकी झापा जिल्ला सदस्य निर्मला नेपालले यो अभियानमा सहभागी सबैलाई धन्यवाद र उज्जवलको शीघ्र स्वास्थ्य लाभको लागि समग्र समाजको निरन्तर सहयोगको अपेक्षा गर्नुभएको छ ।


ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ।


यस सहयोग अभियानले न केवल उज्जवलको उपचारमा सहयोग पुर्याउँछ, तर समाजमा दयालुता र मानवीयताको प्रेरणा समेत प्रदान गर्दछ। सबै सहयोगी मनहरूलाई हाम्रो पनि शुभकामना साथै उज्जवलको शीघ्र स्वास्थ्य लाभको कामना ब्यक्त गर्दछौं।


ree


 
 
 

1 Comment

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
Guest
Jan 11
Rated 5 out of 5 stars.

Great work 👏👏

Like
bottom of page