top of page

दुई दिने लागुऔषध सम्बन्धी जनचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न

मिति: २०८२ असार ७ र ८

स्थान: नेत्रोदय मावि, निजगढ–७, बारा

आयोजक: मेचीमाहाकाली बुहारी संयुक्त आवाज, बारा


निजगढ नगरपालिका कार्यपालिका लक्षित कोष अन्तर्गत मेचीमाहाकाली बुहारी संयुक्त आवाज, बाराको आयोजनामा सञ्चालन गरिएको दुई दिने लागुऔषध सम्बन्धी जनचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन २०८२ असार ७ गते वडा नं. ७ का अध्यक्ष टेकबहादुर लामाको विशेष उपस्थितिमा, नगरप्रमुख श्री सुरथ पुरीद्वारा गमलामा जल सिंचन गरेर गरिएको थियो। समापन समारोह भने असार ८ गते वडा नं. ८ का अध्यक्ष श्री स्वर्ण लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।


कार्यक्रममा प्रमुख प्रशिक्षकको रूपमा ईलाका प्रहरी कार्यालय, निजगढका प्रहरी निरीक्षक श्री जीवन लामिछाने ज्यूले सहभागी विद्यार्थीहरूलाई लागुऔषध दुव्र्यसनको जोखिम, कानुनी पक्ष, सामाजिक प्रभाव तथा स्वास्थ्यमा पर्ने असरका बारेमा जानकारी प्रदान गर्नुभयो। उहाँसँगै प्रहरी सहायक निरीक्षक श्री खड्गबहादुर खड्काले पनि प्रशिक्षण सत्र सञ्चालन गर्नुभयो। यस कार्यक्रमका लागि कार्यपालिका सदस्य मनमाया तामाङले बजेट छुट्याएकी हुन्।


कार्यक्रममा बोल्दै संयुक्त बुहारी आवाज बाराकी जिल्ला संयोजक चन्द्रिका मगरले सामाजिक रूपान्तरण र युवावर्गमा सकारात्मक सोच विकास गर्न यस्ता सचेतनामूलक कार्यक्रमहरूको निरन्तर आवश्यकता रहेको बताउनुभयो। उहाँले लागुऔषध विरुद्धको अभियानमा संस्था सधैं क्रियाशील रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।


कार्यक्रममा वडा नं. ८ की अध्यक्ष मिना चौरेल, कार्यपालिका सदस्य शर्मिला विक, अन्य सदस्य तथा संयुक्त बुहारी आवाज, बाराका सम्पूर्ण प्रतिनिधिहरू, शिक्षक, अभिभावक, स्थानीय सरोकारवाला व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। बुहारी आवाज बाराकी सचिव उषा लामा मोक्तानका अनुसार, दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा निजगढ क्षेत्रका विभिन्न विद्यालयहरूबाट करिब १७५ जना विद्यार्थीहरू सक्रिय रूपमा सहभागी भएका थिए।


यस सफल कार्यक्रमले विद्यार्थी, अभिभावक र स्थानीय समुदायमा लागुऔषधको असर र यसको रोकथामबारे सकारात्मक सन्देश प्रवाह गर्न सहयोग पुगेको विश्वास लिइएको छ।


ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ ।


ree
ree

 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page