top of page

नि:शुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

मिति: २०८२ भाद्र २२ गते, काठमाडौं ।


मेचीमाहाकाली बुहारी संयुक्त आवाजको छैटौं वार्षिकोत्सवको अवसर पारेर, जिल्ला शाखा काठमाडौँद्वारा आयोजित नि:शुल्क दन्त स्वास्थ्य शिविर भव्य रूपमा सम्पन्न गरिएको छ।


“स्वस्थ दाँत, उज्यालो मुस्कान” भन्ने मूल नारासहित सम्पन्न यस शिविरमा करिब २०० जना विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो। कार्यक्रममा दन्त जाँच र परामर्शसँगै उपचार सम्बन्धी आवश्यक सल्लाह प्रदान गरिएको थियो भने मौखिक स्वच्छता र नियमित स्वास्थ्य परीक्षणको महत्त्वबारे समेत सचेतना जगाइएको थियो ।


कार्यक्रमका दौरान विद्यार्थीहरूले आफूलाई चाहिने आधारभूत स्वास्थ्य जानकारी पाउनुका साथै आत्मविश्वास र मुस्कानलाई जीवनको महत्त्वपूर्ण हिस्सा बनाउन प्रेरणा पाएका थिए।


यस शिविरलाई सफल बनाउन काठमाडौँ जिल्ला संयोजक अन्जिला श्रेष्ठको नेतृत्व उल्लेखनीय रह्यो। साथै, डेन्टल अस्पताल, बासबारीका चिकित्सकहरूको व्यावसायिक सहयोग र काठमाडौँ शाखाका सम्पूर्ण कार्यसमिति परिवारको सक्रिय योगदानले यस अभियानलाई थप प्रभावकारी बनाएको थियो ।


संस्थाले स्वास्थ्य क्षेत्रलाई सामाजिक उत्तरदायित्वको रूपमा लिएर समाजमा सकारात्मक योगदान गर्दै आएको छ। यस किसिमका कार्यक्रमहरूले विशेष गरी विद्यार्थी तथा युवा पुस्तालाई सचेत बनाउने मात्र नभई उज्यालो र स्वस्थ समाज निर्माणमा महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास लिइएको छ।


ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ ।



 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page