top of page

निजगढमा लागू औषधविरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न


मिति: २०८२ असार ७, स्थान: निजगढ, बारा

निजगढ नगरपालिका कार्यपालिका लक्षित कोष अन्तर्गत मेचीमाहाकाली बुहारी संयुक्त आवाज बाराको आयोजनामा आयोजित लागू औषध सम्बन्धी सचेतनामूलक कार्यक्रम शनिवार सम्पन्न भएको छ। कार्यक्रम निजगढ–७ स्थित नेत्रोदय माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न गरिएको हो।


नगरपालिका अन्तर्गतका विभिन्न विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख सुरथ पुरी प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो। कार्यक्रमका लागि बजेट नगर कार्यपालिका सदस्य मनमाया तामाङले विनियोजन गर्नुभएको थियो।कार्यक्रममा वडा नं.८ का वडाध्यक्ष स्वर्ण लामा, वडा नं.७ का वडाध्यक्ष टेक बहादुर लामा, कार्यपालिका सदस्य मिना चौरेल, शर्मिला वि.क. र मनमाया तामाङ लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।


कार्यक्रममा इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रशिक्षक सह–निरीक्षक खड्ग बहादुर खड्काले प्रशिक्षण दिनु भयो। उहाँले युवावर्गमा फैलिँदो लागू औषध दुव्र्यसन, त्यसको कानुनी, सामाजिक तथा स्वास्थ्यीय असरबारे गम्भीर जानकारी प्रस्तुत गर्नुका साथै नशामुक्त जीवनशैलीतर्फ विद्यार्थीहरूलाई अभिप्रेरित गर्न आह्वान गर्नुभयो।

उक्त कार्यक्रममा निजगढका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय सरोकारवाला निकायका प्रतिनिधिहरूको समेत सक्रिय उपस्थिति रहेको थियो।


कार्यक्रमका बारेमा जानकारी दिँदै आयोजक संस्था मेचीमाहाकाली बुहारी संयुक्त आवाज बाराले यस्ता चेतनामूलक कार्यक्रमहरूलाई आगामी दिनमा अझ सशक्त रूपमा विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ। भोली हुने दोस्रो चरणको कार्यक्रम इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेबाट सञ्चालन हुने जानकारी क्लबकी सचिव उषा लामा मोक्तानले दिनुभयो। यस प्रकारका जनचेतनामूलक कार्यक्रमहरू भविष्यमा पनि निरन्तरता दिँदै जाने संस्थाको प्रतिबद्धता रहेको छ ।


ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ ।


ree

 
 
 

1 Comment

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
Guest
Jun 21
Rated 5 out of 5 stars.

Keep up the great work MEMBSA Team

Like
bottom of page