top of page

निसहाय बालबालिकालाई मेम्ब्सा द्वारा रात्री भोजन सेवा


मिति: २०८२ भदौ १७, सुनसरी।


मेचीमाहाकाली बुहारी संयुक्त आवाजको छैठौँ वार्षिकोत्सवको अवसरमा संस्थाको सुनसरी शाखाले निसहाय बाल आश्रममा आश्रित बालबालिकाहरूलाई रात्री भोजन सेवा सम्पन्न गरेको छ।


बालबालिकाको जीवनमा केवल भोजन मात्र नभई माया, साथ र आशाको सन्देश पुर्‍याउने उद्देश्यले गरिएको यस कार्यले संस्थाको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई प्रष्ट पारेको छ।


कार्यक्रममा उपस्थित भई सहयोगी हात बढाउनु हुने कोशी प्रदेश संयोजक पिंकी थापा तथा सम्पूर्ण कार्यसमिति परिवारप्रति आयोजकहरूले हार्दिक आभार प्रकट गरेका छन्। सामूहिक सहयोग र सहभागिताले समाजमा मानवता, करुणा र परोपकारको भावलाई अझ गहिरो बनाएको उल्लेख गरिएको छ।


संस्थाका पदाधिकारीहरूले सानो सहयोगले पनि ठूलो परिवर्तन ल्याउन सक्ने बताउँदै बालबालिकाको उज्यालो भविष्य समाजकै साझा जिम्मेवारी भएको धारणा व्यक्त गरेका छन्। उनका अनुसार, “दयाले भरिएको मुटु र निस्वार्थ सेवाले मात्र समाजलाई समृद्ध बनाउन सक्छ।”


यस कार्यक्रमले निसहाय बालबालिकाको अनुहारमा मुस्कान भर्ने मात्र नभई, समाजमा सकारात्मक ऊर्जा र मानवीय मूल्यलाई अझ मजबुत बनाउन सहयोग पुगेको बताइएको छ।


ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ ।



 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page