top of page

बालबालिकाको दु:खमा साथ दिदै मेची माहाकाली बुहारी संयुक्त आवाजका बुहारीहरु

मितिः २०८१/०१/२२

मेचीमाहाकाली बुहारी संयुक्त आवाज ले सानो उमेरमै आफ्ना आमा गुमाएका मेचीनगर १२ का ति अवोध बालबालिका हरुको पारिवारिक स्थिती नाजुक रहेको कारण मृत आमाको लागी कात्रो किन्ने पैसा समेत नभएको तथा पैसा नभएकै कारण काजक्रिया गर्न पण्डित नपाएको भन्ने कुरा थाहा पाउनासाथ यो टिम त्यहॅा पुगेको थियो !

त्यहॅा पुगेर मेची माहाकाली बुहारी संयुक्त आवाजको टिमले खेल्ने पढ्ने उमेरमा आफ्ना आमा को क्रिया बसेका ती बालबालिका हरुलाई आफ्नो आमाको काजक्रिया गर्न को लागी नगद रु 22 हजार पाच रुपैया र 7 हजार 5 सय बराबरको खाद्यान्न सहयोग गरेको थियो !


उक्त रकम मेची माहाकाली बुहारी संयुक्त आवाजको केन्द्रिय अध्यक्ष चन्द्रकला काफ्ले , मेचीनगर न.पा. वडा नं १२ का वडा अध्यक्ष मधु सुधन निरौला , वडा नं १० का वडा सदस्य सोम ओझा , योगदान राष्ट्रको लागीका झापा जिल्ला अध्यक्ष प्रदिप संग्रौला, सदस्य डिल्लीराम संग्रौला, मिडीयाकर्मी भरत प्रसाई तथा खगेन्द्र अधिकारी , झापा जिल्ला संयोजक गंगादेवी भट्टराई , सह-संयोजक रोशनी अधिकारी,सदस्य निर्मला नेपाल ,आजिवन सदस्य पवित्रा प्रसाई को उपस्थितीमा हस्तान्तरण गरेको थियो !


मेचीमाहाकाली बुहारी संयुक्त आवाज ले बिशेष गरि ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ।



 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page