top of page

२५६९ औँ बुद्ध जयन्तीको अवसरमा मेची-माहाकाली बुहारी संयुक्त आवाज, बारा परिवारद्वारा पदयात्रिहरूलाई सेवा !



बारा, वैशाख ३०

२५६९ औँ बुद्ध जयन्तीको अवसर पारेर मेची-माहाकाली बुहारी संयुक्त आवाज, बारा परिवारले शान्तिमा आयोजित सद्भाव र्यालीका पदयात्रिहरूलाई विशेष सेवा प्रदान गरेको छ। संस्थाले शान्ति र सद्भावना फैलाउने उद्देश्यले र्यालीमा सहभागी पदयात्रिहरूलाई शीतल मोही र स्वच्छ पानिको वितरण गर्दै सेवा भाव प्रदर्शन गरेको हो। कार्यक्रममा सहभागी हजारौं पदयात्रिहरूले यो सेवाबाट राहत अनुभव गर्दै संस्थाको प्रयासप्रति आभार व्यक्त गरेका छन्। संस्थाले हरेक वर्ष विभिन्न सामाजिक तथा धार्मिक अवसरहरूमा यस्तै सेवामूलक कार्यक्रम गर्दै आएको छ।


संस्थाका बारा जिल्ला संयोजक चन्द्रिका मगरले यस्तो सानो प्रयासले पनि समाजमा शान्ति, सहिष्णुता र भाइचाराको भावना प्रवर्द्धन गर्न मद्दत पुर्‍याउने विश्वास लिइएको बताउनि भएको थियो । बुद्ध जयन्तीको यस पावन अवसरमा मेची-माहाकाली बुहारी संयुक्त आवाज, बारा परिवारले सम्पूर्ण नेपालीहरूमा शान्ति, समृद्धि र सद्भावना फैलोस् भन्ने शुभकामना समेत व्यक्त गरेको छ।


ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ।


ree

 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page