top of page

ब्रेस्ट क्यान्सर पीडित सरिता विकलाई ‘१०० रूपैयाँ मासिक बचत अभियान’ मार्फत नगद र खाद्यान्न सहयोग

मिति: २०८२ साल असार ४

मानवता जगेर्ना गर्ने मुल मूल्य र पीडामा साथ दिने आत्मिय भावना बोकेको मेचीमाहाकाली बुहारी संयुक्त आवाजले, रु.१०० मासिक बचत अभियान अन्तर्गत उठेको सहयोग राशिबाट बिर्तामोड–६, सितल नगर टोल निवासी २९ वर्षीया ब्रेस्ट क्यान्सर पीडित बहिनी सरिता विकलाई नगद रु. १०,६०५ (दश हजार छ सय पाँच) र दैनिक जीवनका लागि अत्यावश्यक खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ।


दुख र पीडाको समयमा साथ दिइने एउटा आत्मीय काधले, सिंगो समाजलाई मानवताको सन्देश दिन्छ। सरिता बहिनीको पीडालाई आत्मसात गर्दै, “सामूहिक सानो सानो योगदान पनि कसैको ज्यान बचाउन सक्दछ” भन्ने भावनालाई व्यवहारमा उतार्ने यो कार्यले, सहृदयताको उदाहरण प्रस्तुत गरेको छ। पछिल्लो समय जटिल रोगसँग संघर्ष गरिरहेकी विकलाई जीवनयात्रामा केही सहजता मिलोस भन्ने उद्देश्यले गरिएको सहयोगले सामाजिक एकताको सन्देश दिएको छ। आर्थिक अभावका बीच उपचारमा कठिनाइ भोगिरहेकी सरिताको परिवारलाई यो सहयोगले मनोबल बढाएको छ। दुख र पीडाको समयमा साथ दिइने एउटा आत्मीय काधले, सिंगो समाजलाई मानवताको सन्देश दिन्छ। सरिता बहिनीको पीडालाई आत्मसात गर्दै, “सामूहिक सानो सानो योगदान पनि कसैको ज्यान बचाउन सक्दछ” भन्ने भावनालाई व्यवहारमा उतार्ने यो कार्यले, सहृदयताको उदाहरण प्रस्तुत गरेको छ।


यस सहयोग कार्यक्रममा केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्ले, बिर्तामोड–६ वडा सदस्य गीता रेग्मी, मेचीनगर–१० वडा सदस्य विशाल कार्की, स्वास्थ्यकर्मी सावित्रा ढकाल, झापा जिल्ला संयोजक गंगा भट्टराई, सह–संयोजक रोशनी खनाल अधिकारी, झापा जिल्ला सदस्य प्रमिला उप्रेती, आजीवन सदस्य मीना यादव, सञ्चारकर्मी भारत प्रसाई लगायत समाजसेवीहरूको उपस्थिति र समर्पणले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो।


ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ ।


सरिता बहिनीलाई छिटो स्वास्थ्यलाभ होस् भन्ने कामना गर्दै, हाम्रो यो सानो प्रयासले उहाँको जीवनमा आशाको उज्यालो थपोस् भन्ने विश्वास लिएका छौं।



 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page