top of page

मर्यादित काम,श्रमिकको सम्मान: हाम्रो अभियान भन्दै १३५ औ अन्तरास्ट्रिय श्रमिक दिवस मनाईदै


मिति: २०८१/०१/१९

मेचीमाहाकाली बुहारी संयुक्त आवाज मोरगंको आयोजनामा श्रमिक दिवसको अवसरमा श्रमिक महिलाहरु संग अन्तरक्रिया कार्यक्रम सुन्दरहरैचा ३ आईतबारे मा भब्य रुपमा सम्पन्न गरेको छ ।


कार्यक्रमको सहकार्य वडा नम्बर ३ जेष्ठ नागरिक समाजको रहेको थियो। कार्यक्रममा अध्यक्ष भिम कार्की, स्थानीय समाजसेवी कृष्ण बहादुर राउत, जनकल्याण बाल क्लव र समाजसेवी कुन्दन ढुङ्गाना र महिला अधिकारका लागि राष्ट्रिय अभियानकि मोरङ जिल्ला अध्यक्ष रीता दहाल ज्यु ले सहयोग गर्नुभएको थियो । यसै गरी मोरगं जिल्ला अध्यक्ष तारा घिमिरे ले कार्यक्रम भब्य बनाउन सहयोग गर्नुभएको मा सम्पूर्णलाई हार्दिक धन्यवाद दिनुभएको थियो !


मेचीमाहाकाली बुहारी संयुक्त आवाज बिशेस गरि ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ।





 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page