महिला तथा बालिकामाथि हुने डिजिटल हिंसा र लैङ्गिक हिंसा अन्त्य गर्ने उद्देश्यले गरियको अभिमुखीकरण कार्यक्रम
- मेचीमाहाकाली बुहारी संयुक्त आवाज

- Nov 30, 2025
- 1 min read
मिति: २०८२/०८/१४-सुनसरी
“प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मूल नाराका साथ प्रारम्भ भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा, मेचीमाहाकाली बुहारी संयुक्त आवाज, सुनसरीले महिला तथा बालिकामाथि हुने डिजिटल हिंसा र लैङ्गिक हिंसा अन्त्य गर्ने उद्देश्यले DVM ग्लोबल एकेडेमीमा विद्यालयस्तरीय सचेतना तथा अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
कार्यक्रममा डिजिटल प्लेटफर्ममार्फत बढ्दै गएको दुरुपयोग, अनलाइन हेरासानी, अपमानजनक सामग्री साझा गर्ने प्रवृत्ति, र सामाजिक सञ्जालमा हुने लैङ्गिक विभेद सम्बन्धी जोखिमहरूबारे विस्तृत जानकारी दिइएको थियो। साथै, पीडित महिलाहरू तथा बालिकाहरूले अपनाउन सक्ने सुरक्षात्मक उपाय, कानूनी अधिकार, उजुरी प्रक्रिया, र परिवार तथा समुदायको भूमिकाबारे समेत व्यावहारिक मार्गदर्शन प्रदान गरिएको थियो।
महिला र बालिकाको अधिकार, सुरक्षा, सम्मान र समान अवसर सुनिश्चित गर्न यो कार्यक्रमले सामूहिक रुपमा अघि बढाइएको यो प्रयासलाई अझ प्रभावकारी बनाएको छ। सुरक्षित समाज र सुरक्षित डिजिटल वातावरण निर्माणतर्फ यो अभियान एक सशक्त कदमका रूपमा प्रस्तुत भएको छ। कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक–शिक्षिका, र संस्थाका समस्त सदस्यहरूको सक्रिय तथा गरिमामय उपस्थिति रहेको थियो, जसले लैङ्गिक हिंसा अन्त्यका लागि सबैको प्रतिबद्धता, सहयोग र ऐक्यबद्धता प्रकट गर्दछ।
ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ ।


.png)

.png)




Comments