top of page

महिलाहरूको स्वरोजगारका लागि सिलाई मेशिन वितरण कार्यक्रम सम्पन्न

निजगढ, बारा

 मिति २०८२ साल असार १२


बिपन्न महिलाहरूलाई आत्मनिर्भरता र स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले मेचीमाहाकाली बुहारी संयुक्त आवाज, बाराको आयोजनामा सिलाई मेशिन वितरण कार्यक्रम मिति २०८२ साल असार १२ गते, निजगढ नगरपालिका वडा नं. ८ मा सम्पन्न गरेको छ।


कार्यक्रम निजगढ नगरपालिका कार्यपालिका लक्षित कोष अन्तर्गत संचालन गरिएको थियो, जसमा वडा नं. ८ का अध्यक्ष स्वर्ण लामा प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो । उक्त अवसरमा बोल्दै वडाध्यक्ष लामाले महिलालाई आत्मनिर्भर बनाउने यस्ता कार्यक्रमहरूले समाजमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नु भयो।


कार्यक्रममा नगर कार्यपालिका सदस्यहरू मिना चौरेल, शर्मिला विक र मनमाया तामाङको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा बजेट विनियोजनका लागि विशेष सहयोग गर्नु भएकी मिना चौरेललाई आयोजक संस्थातर्फबाट धन्यवाद तथा सम्मान प्रदान गरिएको थियो।


सिलाई मेशिन वितरण कार्यक्रमको मूल उद्देश्य सीपमूलक काममार्फत महिलाहरूलाई स्वरोजगारमा जोड्नु र उनीहरूको जीवनस्तर उन्नत गर्नु रहेको संस्थाकी बारा जिल्ला संयोजक चन्द्रिका मगरले बताउनु भएको थियो छ।


कार्यक्रमको समापनमा बारा जिल्ला सचिव उषा लामा मोक्तागंले सहभागी सबै महानुभावहरूलाई आभार प्रकट गर्दै भविष्यमा अझ धेरै महिलामैत्री कार्यक्रमहरू ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।


ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ ।



ree


 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page