top of page

मानव सेवा आश्रमलाई अत्यावश्यक खाद्यान्न सहयोग !

बाँके, २०७८ माघ १३ गते आईतबार

मेची महाकाली बुहारी संयुक्त आवाज, बाँके ले जिल्ला सचिव प्रमिला शाहीज्यूको जन्मदिनको अवसरमा सामाजिक सेवामा उदाहरणीय कार्य गरेको छ। मानव सेवा आश्रमलाई अत्यावश्यक दैनिक उपभोग्य खाद्यान्न सामग्रीहरू प्रदान गर्दै, समाजसेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरिएको थियो।


सहयोग स्वरूप आश्रमलाई २ बोरा चामल, २ पेटी साबुन, खाने तेल, सोयाबिन, १ बोरा आलु र १ बोरा काउली प्रदान गरिएको थियो। यस कार्यका लागि सचिव प्रमिला शाहीज्यूले व्यक्तिगत रूपमा रु. १५ हजार सहयोग गर्नुभएको थियो।


संयोजक उर्मिला पाण्डेले सामाजिक सेवाको उच्च प्रशंसा गर्दै, सचिव शाहीज्यूलाई हार्दिक आभार व्यक्त गर्नुभएको थियो ।


संस्थाका सदस्यहरूले यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक सन्देश फैलाउने र असहाय तथा विपन्न व्यक्तिहरूको जीवनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। यसको साथै भविष्यमा पनि यस्ता सामाजिक सेवाका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता सचीव शाही ज्यूले व्यक्त गर्नुभएको थियो ।


ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ।




 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page