top of page

मायाघरमा आश्रित वृद्धवृद्धाहरूलाई खाद्यान्न सामाग्री वितरण

मिति २०८१ पुष १३ गते,


मेचीमहाकाली बुहारी संयुक्त आवाज आफ्नो कार्यदिशा र समर्पणमार्फत समाजको उत्थानमा महत्वपूर्ण योगदान दिँदै आएको छ। यसै क्रममा झापा जिल्ला संयोजक गंगा भट्टराई ज्यूको जन्मदिनको अवसरमा मेचीमहाकाली बुहारी संयुक्त आवाजले बिर्तामोड–४ स्थित मायाघरमा आश्रित वृद्धवृद्धाहरूलाई खाद्यान्न सामाग्री वितरण गरेको छ। संस्थाले सामाजिक उत्तरदायित्वको भावनालाई आत्मसात् गर्दै यस कार्यलाई मानवीय सेवाको उदाहरणका रूपमा स्थापित गरेको छ।


संस्थाका पदाधिकारीहरूले यस कार्यले समाजमा सकारात्मक सन्देश फैलाउन सहयोग गर्ने विश्वास व्यक्त गर्दै वृद्धवृद्धाहरूलाई सम्मान र सहयोग गर्न सबैलाई प्रेरित गराउने उद्देश्य रहेको जनाएका छन्। साथै, संस्थाले आगामी दिनमा पनि यस्तै रचनात्मक र सहयोगमुखी कार्यहरूलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको छ।


कार्यक्रमको प्रमुख उद्देश्य वृद्धवृद्धाहरूलाई सहयोग गर्दै समाजमा सेवाको भावना फैलाउनु रहेको थियो। खाद्यान्न वितरण कार्यक्रममा झापा जिल्ला उपाध्यक्ष संगिना भट्टराई, सह–सचिव आरजु शर्मा, सदस्यहरू प्रर्मिला उप्रेती र निर्मला नेपाल, साथै जियाना भट्टराई र कविता भट्टराईको सक्रिय उपस्थिति रहेको थियो।


संस्थाका पदाधिकारीहरूले यस्तो सहयोगात्मक कार्य समाजमा सकारात्मक ऊर्जा प्रवाहित गर्ने माध्यम भएको बताउँदै, वृद्धवृद्धाहरूप्रतिको सम्मान र हेरचाह आवश्यक रहेकोमा जोड दिए। कार्यक्रमका दौरान उपस्थित सदस्यहरूले वृद्धवृद्धाहरूसँग संवाद गर्दै उनीहरूको अवस्था र आवश्यकताबारे जानकारी लिएका थिए।


मेचीमहाकाली बुहारी संयुक्त आवाजले “परिवर्तनको शुरुवात आफैंबाट गर्नुपर्छ” भन्ने आदर्शलाई पछ्याउँदै यसअघि पनि विभिन्न जीवनप्रेरणादायी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। संस्थाले आगामी दिनहरूमा पनि यस्तै सहयोगका गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। यस कार्यले न केवल वृद्धवृद्धाहरूको मनोबल बढाएको छ, तर समाजमा सहयोग र एकताको भावना सुदृढ बनाउन पनि मद्दत पुगेको छ।

ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ।


ree











 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page