मृगौला पीडित रोजिना दर्जीलाई आर्थिक सहयोग हस्तान्तरण
- मेचीमाहाकाली बुहारी संयुक्त आवाज
- Feb 1
- 2 min read
झापा, माघ १९, २०८१
सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै, मेची-महाकाली बुहारी संयुक्त आवाजले झापा जिल्लाको कमल गाउँपालिका–२ निवासी मृगौला पीडित रोजिना दर्जीलाई थप उपचारका लागि रु. २५,६०५ आर्थिक सहयोग प्रदान गरेको छ। उक्त सहयोग संस्थाको रु. १०० मासिक बचत अभियान अन्तर्गत असोज, कार्तिक, र मंसिर महिनामा संकलित बचत तथा उपशाखा कमलद्वारा संकलित रकमबाट प्रदान गरिएको हो।
सहयोग हस्तान्तरण कार्यक्रम संस्थाका केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्ले, झापा जिल्ला संयोजक गंगा भट्टराई, सह-संयोजक रोशनी अधिकारी, सदस्य निर्मला नेपाल, उपशाखा कमल संयोजक चन्द्रकला सुब्बा, सचिव सुनिता अधिकारी, कोषाध्यक्ष सुनिता तामागं, सदस्यहरु गुना तामागं, आशा सुब्बा, श्रृजना दाहाल, तथा सल्लाहकार मिथिला श्रेष्ठ लगायत कार्यपालिका सदस्य केशरा बर्देवा, संचारकर्मी उमानाथ भण्डारीको उपस्थितिमा सम्पन्न भएको थियो।
कार्यक्रमका क्रममा केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्लेले रोजिना दर्जीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सहयोगी भावना प्रकट गर्ने सम्पूर्ण व्यक्तिहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो। साथै, संस्थाले आगामी दिनहरूमा पनि यस्ता सामाजिक सेवाका कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
यो भन्दा अघि पनि संस्थाले रु. १०० मासिक बचत अभियानबाट धेरैजसो विपन्न तथा पीडित नागरिकहरूलाई आर्थिक सहयोग प्रदान गर्दै आएको छ, जसले आर्थिक रूपमा संकटमा रहेका व्यक्तिहरूलाई उपचार तथा जीवनयापनमा महत्त्वपूर्ण सहयोग पुर्याएको छ। कार्यक्रमको सफल सञ्चालन झापा जिल्ला सह-संयोजक रोशनी अधिकारीले गर्नुभएको थियो।
ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ।

Comments