top of page

मृगौला पीडित २० वर्षिया यूवतीको उपचार्थ मेचिमहाकाली बुहारी संयुक्त आवाज बाराद्धारा सहयोग


ree

बारा–बाराको निजगढ–८ खयरघारीकी २० वर्षिया यूवतीको उपचार्थ मेचिमहाकाली बुहारी संयुक्त आवाज बाराले सहयोग गरेको छ । मृगौलामा समस्या देखिएपछि वीर अस्पतालमा उपचारत अन्जनी कुशवारको उपचारका लागि मेचिमहाकाली बुहारी संयुक्त आवाजमा आवद्ध महिलाहरुले रकम संकलन गरेर सहयोग गरेका हुन् ।

मृगौलामा समस्या देखिएपछि डाईलाईसि सुरु गरेकी अन्जनीको उपचारका लागि वडा कार्यालयले आह्वान गरेपछि मेचिमहाकाली बुहारी संयुक्त आवाजले २२ हजार अन्जनीकी मामालाई हस्तान्तरण गरेको हो ।

आर्थिक अवस्था कमजोर भएकी अन्जनी विगत केही वर्षदेखि आमासंगै काठमाण्डौंमा मजदुरी गर्दै आएकी थिईन् । स्वास्थ्य समस्या देखिएपछि हेटौंडा सामुदायिक अस्पतालमा लगिएकोमा आर्थिक अभाव भएको भन्दै आफन्तले वडा अध्यक्ष स्वर्ण लामालाई गुहारेका थिए ।

 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page