मेची महाकाली बुहारी संयुक्त आवाज, धरान उपशाखाद्वारा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सफलतापूर्वक सम्पन्न !
- मेचीमाहाकाली बुहारी संयुक्त आवाज

- Dec 3, 2024
- 2 min read
मितिः २०८१/०८/१८
स्थानः सिद्धार्थ शिशु सदन विद्यालय
मेची महाकाली बुहारी संयुक्त आवाज, धरान उपशाखाले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको समापन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। सिद्धार्थ शिशु सदन विद्यालयमा सम्पन्न यो कार्यक्रमले समाजमा रहेका लैंगिक असमानता र भेदभावलाई चिर्न, सचेतना र सशक्तिकरणका गतिविधिहरू मार्फत सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राखेको थियो।
अभियानका उद्देश्य
यस अभियानको मुख्य उद्देश्य लैंगिक हिंसाको अन्त्य, लैंगिक समानता प्रवर्द्धन, र सबै वर्गका व्यक्तिहरूलाई सशक्त बनाउन प्रेरित गर्नु रहेको थियो। अभियानले समुदायमा सचेतना र संवादको वातावरण सिर्जना गर्दै महिलाको हक-अधिकारको वकालत गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।
कार्यक्रमका मुख्य आकर्षणहरू
लैंगिक समानता सम्बन्धी सचेतनामूलक प्रशिक्षण,
बालबालिका र युवाका लागि अन्तरक्रिया कार्यक्रम,
महिलाको हक-अधिकारबारे विशेष छलफल
कार्यक्रममा स्थानीय समुदायका सदस्यहरू, अभिभावक, विद्यालयका प्रतिनिधिहरू, र सरोकारवाला व्यक्तिहरूको उत्साहजनक उपस्थिति रहेको थियो। सहभागीहरूको सक्रियता र प्रतिवद्धताले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको छ।
कार्यक्रमको अध्यक्षता गर्नु भएकी धरान उपशाखा अध्यक्षले लैंगिक असमानता र भेदभाव हटाउनका लागि सचेतना, शिक्षा, र सोचाइ परिवर्तनको आवश्यकता औंल्याउनुभयो। उहाँले सबैलाई यस अभियानलाई निरन्तरता दिन र समानताका लागि एकजुट हुन आह्वान गर्दै कार्यक्रमलाई सफल बनाउन योगदान पुर्याउनु हुने सम्पूर्ण सदस्यहरू, स्वयंसेवकहरू, र सहभागीहरूप्रति विशेष धन्यवाद व्यक्त गर्नु भएको थियो।
ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ।










Comments