मेची महाकाली बुहारी संयुक्त आवाज मोरङद्वारा विशेष कार्यक्रम
- मेचीमाहाकाली बुहारी संयुक्त आवाज

- Sep 4
- 1 min read
मितिः २०८२/०५/१९ - मोरङ।
मेची महाकाली बुहारी संयुक्त आवाज मोरङले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा सुकुना आधारभूत विद्यालयमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरूलाई दिवा भोजन तथा केही खाद्यान्न सामग्री वितरण गरेको छ।
कार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैचा नगरपालिका कार्यपालिका सदस्य श्रीमती सीतादेवी अधिकारी, विशेष अतिथि कार्यपालिका सदस्य श्रीमती बबिता खापुङ, तथा अतिथि पूर्व कार्यपालिका सदस्य श्रीमती उमा गुरुज्यूको उपस्थितिले कार्यक्रमलाई अझ भव्य बनाएको थियो।
संस्थाले वार्षिकोत्सवलाई केवल औपचारिक उत्सवमा सीमित नराखी सामाजिक उत्तरदायित्वप्रति समर्पित गर्दै विद्यालयका विद्यार्थीहरूलाई सहयोग पुर्याएको हो। कार्यक्रमलाइ सदस्य टिकादेवी काफ्लेले सञ्चालन गर्नुभएको थियो भने संस्थाकी उपाध्यक्ष सुशिला सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो।
मोरङ कार्यसमिति परिवार तथा आजीवन सदस्यहरूको सक्रिय सहभागितासहित सम्पन्न कार्यक्रमलाई सफल र सभ्य बनाउन सहयोग गर्ने सबैप्रति संयोजक तारा घिमिरे ज्यू ले आभार प्रकट गर्नुभएको थियो ।
संस्थाले आगामी दिनहरूमा पनि विपन्न, असहाय तथा आवश्यकता भएका वर्गहरूप्रति निरन्तर हातेमालो र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।
ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ ।









Comments