top of page

मेची महाकाली बुहारी संयुक्त आवाज लाग्यो बि.कको ज्यान बचाउन

अर्जुनधारा । भरत भाबुक प्रसाई, मेची महाकाली बुहारी संयुक्त आवाज झापाले,लडेर छातीको करङ भाँचिएका अति विपन्न ४५ बर्षिय पदम बहादुर बि.क.लाई आर्थिक सहयोग प्रदान गरेको छ । 

झापा जिल्ला समन्वय समिति सदस्य रिता नेपाली साथै अर्जुनधारा नगरपालिका वडा नं २ की जनप्रतिनिधि तथा न्यायिक समिति सदस्य शर्मिला सुब्बाको नेतृत्वमा गएका बुहारीहरुले  मंसिर महिनाको रकम मासिक बचत अन्र्तगत हस्तान्तरण गरिएको झापा जिल्ला सह–संयोजक गंगा भट्टराईले जानकारी दिनु भयो । 


परिवार जनमा कोही नभएको र उहाँको लडेर छातीको तीन वटा करङ भाँचिएको,कम्बर को र्जोनी गेडिको अपरेशन गरेर स्टील लागेको मनमोहन मेमोरियल अस्पताल प्रशासनले जानकारी दिनु भयो ।



मासिक बचतबाट संकलित १६ हजार १ सय ५ रुपैँया सहयोग हस्तान्तरण गरिएको भट्टराईले बताउनु भयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा झापा जिल्ला उपाध्यक्ष संगिना ढकाल, सदस्य रोशनी अधिकारी खनाल लगायतको उपस्थिती रहेको थियो । मेची महाकाली बुहारी संयुक्त आवाजले नारी हिंसा र बालबालिकाको हितमा आफ्नो आवाज बुलन्द गर्दै आएको छ ।  

ree

 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page