मेची महाकाली बुहारी संयुक्त आवाजद्वारा लैंगिक हिंसासम्बन्धि कार्यक्रम
- मेचीमाहाकाली बुहारी संयुक्त आवाज
- Dec 9, 2023
- 1 min read
इटहरी । मेचि महाकाली बुहारी संयुक्त आवाज सुनसरीले शुक्रबार लैङ्गिक हिंसासम्बन्धि कार्यक्रम गरेको छ ।
अन्तर्राष्ट्रिय महिनाबारी दिवसको अवसरमा रामधुनी नगरपालिका स्थित वडा नं. ३ मा कार्यक्रम गरेको हो । संस्थाकी उपाध्यक्ष लक्ष्मी अधिकारी काफ्लेको अध्यक्षतामा भएको कार्यक्रमका पन्चायत माध्यमिक बिद्यालय रामधुनी ३ का कक्षा ५ देखि १० कक्षा सम्मका २०० जना विधार्थीहरूले सहभागिता जनाएका थिए ।
कार्यक्रममा छुवाइको प्रकार, महिला हिंसा, महिनावारीको अवस्थामा हुने शारीरिक र मानसिक परिवर्तन, महिला र पुरुषमा भएका हिंसाको विषयमा जानकारी दिइएको संस्थाकी कोशी प्रदेश संयोजक पिङ्की थापाले जानकारी दिइन् ।
संस्थाले घरेलु हिंसा, सामाजिक तथा पारिवारिक समस्यामा परेका महिलाहरूको उद्दार तथा समस्या समाधानको लागि पहल गर्ने गरेको छ । संस्थाकी सचिव अम्बिका थापाले सञ्चालन गरेको कार्यक्रममा रामधुनी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष बुध नारायण चौधरी प्रमुख अतिथि थिए भने रामधुनी नगरपालिका वडा नं. ३ कि वडा सदस्य तथा मेचि महाकाली बुहारी संयुक्त आवाजकी पूर्व सचिव नानु दाहाल तथा श्री पन्चायत माविका प्रधानध्यापक दिप नारायण चौधरीलगायतको समेत उपस्थिती थियो ।

Comments