top of page

मेची-माहाकाली बुहारी संयुक्त आवाज, सुनसरीद्वारा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सचेतना कार्यक्रम सम्पन्न

मिति: २०८९ मंसिर २४ गते

मेचीमाहाकाली बुहारी संयुक्त आवाजज, सुनसरीले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा २०८९ मंसिर २४ गते इटहरीस्थित एन.डी.भी.एम. स्कूलमा विशेष सचेतना कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम को उद्देश्य लैंगिक हिंसा सम्बन्धी जनचेतना फैलाउनु, यसको रोकथामका उपायहरूबारे जानकारी दिनु, र समुदायका सदस्यहरूलाई यसको विरुद्ध सक्रिय सहभागी बन्न प्रेरित गर्नु रहेको थियो। सचेतना अभियानले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्दै लैंगिक समानता र हिंसामुक्त समाज निर्माणका लागि सबैको योगदानको महत्त्वलाई उजागर गरेको छ। कार्यक्रममा स्थानीय समुदायका सदस्यहरू, अभिभावक, विद्यालयका प्रतिनिधिहरू, र सरोकारवाला व्यक्तिहरूको उत्साहजनक उपस्थिति रहेको थियो। सहभागीहरूको सक्रियता र प्रतिवद्धताले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको छ।


कार्यक्रमको अध्यक्षता गर्नु भएकी सुनसरी जिल्ला संयोजक हरिमाया कार्कीले लैंगिक असमानता र भेदभाव हटाउनका लागि सचेतना, शिक्षा, र सोचाइ परिवर्तनको आवश्यकता औंल्याउनुभयो। उहाँले सबैलाई यस अभियानलाई निरन्तरता दिन र समानताका लागि एकजुट हुन आह्वान गर्दै कार्यक्रमलाई सफल बनाउन योगदान पुर्‍याउनु हुने सम्पूर्ण सदस्यहरू, स्वयंसेवकहरू, र सहभागीहरूप्रति विशेष धन्यवाद व्यक्त गर्नु भएको थियो।


ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ।

ree

 
 
 

1 Comment

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
Guest
Dec 10, 2024
Rated 5 out of 5 stars.

राम्रो कार्य 👍👍👍

Like
bottom of page