top of page

मेचीमहाकाली बुहारी आवाज, बारा परिवारको सहयोग ✨



मिति: २०८१ चैत १६

स्थान: निजगढ वडा नं. ६


निजगढ वडा नं. ६ निवासी श्री बच्चु राम घिमिरे र श्रीमती निता ढकाल घिमिरेको घरमा भएको विनाशकारी आगलागीका कारण सम्पूर्ण घरेलु सामग्री, नगद तथा लत्ताकपडा पूर्ण रूपमा नष्ट भएको दु:खद घटना प्रति हामी गहिरो समवेदना व्यक्त गर्दछौं। यस कठिन परिस्थितिमा मेची-महाकाली बुहारी आवाज, बारा परिवारले घटनाबारे जानकारी पाउनासाथ पीडित परिवारलाई राहत प्रदान गर्ने उद्देश्यले रु. ११,१२५/- (एघार हजार एक सय पच्चीस रुपैयाँ) आर्थिक सहयोग हस्तान्तरण गरेको छ।


बारा जिल्ला संयोजक चन्द्रिका मगरले सानो प्रयासले पनि पीडित परिवारलाई राहत मिल्ने विश्वास व्यक्त गर्दै आगामी दिनहरूमा समेत सामाजिक कार्यहरूमा सक्रिय रहने प्रतिबद्धता जनाउनुभएको छ। जिल्ला शाखा उपाध्यक्ष सगुन लामाले पीडित परिवारको सहयोगार्थ इच्छुक महानुभावहरूलाई सक्दो सहयोग गर्न अनुरोध गर्नुभएको छ। त्यसैगरी, जिल्ला सचिव उषा मोक्तानले पीडित परिवारलाई सहयोग गर्ने सबै महानुभावहरूप्रति आभार व्यक्त गर्दै, मानव सेवामा निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।


ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ।


 सहयोगको लागि इच्छुक महानुभावहरूलाई अघि सर्न आग्रह गर्दछौं।


ree

ree


 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page