top of page

मेचीमहाकाली बुहारी संयुक्त आवाज उपशाखा दमकको नयाँ कार्यसमिति गठन

दमक, २०८२ श्रावण २७,

मेची महाकाली बुहारी संयुक्त आवाज उपशाखा दमकको नयाँ कार्यसमिति गठन गरिएको छ । संयोजकमा एलिसा ओली चयन हुनुभएको छ भने १४ सदस्यीय कार्यसमिति गठन भएको हो ।


झापा जिल्ला संयोजक गंगादेवी भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेची महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्ले प्रमुख अतिथि तथा कोशी प्रदेश संयोजक पिंकी थापाको विशिष्ट आतिथ्यता रहेको थियो।


नयाँ नेतृत्व र सक्षम मार्गदर्शनमा संस्था अझ सशक्त, संगठित र प्रभावकारी रूपमा अघि बढ्नेछ भन्दै संस्थापक तथा मेम्सा ईन्टरन्यान्सनल कि अध्यक्ष यमु शर्मा सुब्बाले हाम्रो साझा उद्देश्य समाजसेवा, महिला सशक्तिकरण तथा मानवकल्याण अझ गहिरो प्रभावसहित पूर्ण हुने विश्वास का साथ शुभकामना सन्देश पठाउनु भएको थियो ।


कार्यक्रममा केन्द्रीय अध्यक्ष काफ्लेले निवर्तमान उपशाखा दमक परिवारलाई शुभकामना अर्पण गर्दै नयाँ कार्यसमितिलाई निस्वार्थ भावनासहित विपन्न, अशक्त र सहाराविहिनको पक्षमा आवाज बन्न आग्रह गर्नुभयो।


उहाँले दबाब र प्रभावमा नपरी संस्थाको उद्देश्यमा कुनै स्वार्थमा लिप्त नभई लाग्न पदाधिकारीलाई निर्देशन दिनुभयो। शुभकामना मन्तव्य राख्दै कोशी प्रदेश संयोजक पिंकी थापाले समाजमा देखिएको व्यथिति, नारीप्रतिको दुव्र्यवहार र हिंसा विरुद्ध नयाँ कार्यसमिति सशक्त रुपमा प्रस्तुत हुनेमा आफू आशावादी रहेको बताउनुभयो।


कार्यक्रममा सहसंयोजक रोशनी अधिकारी, सचिव रिना राई, कोषाध्यक्ष सीता श्रेष्ठ, सहकोषाध्यक्ष सीता अधिकारी तिम्सिना तथा सदस्य जुनु भट्टराईलगायतको गरिमामय उपस्थिति रहेको थियो।


कार्यक्रममा संस्थाको उद्देश्य, भावी योजना र कार्यक्रमबारे समेत विस्तृत छलफल गरिएको थियो। नवनिर्वाचित संयोजक एलिसा ओलीले आफ्नो नेतृत्वमा रहेको कार्यसमितिले प्रेरणादायी कार्यगर्दै आवाजविहीनहरूको आवाज बन्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले मेची महाकाली बुहारी संयुक्त आवाजलाई नेपाली बुहारीको वास्तविक आवाजका रूपमा अघि बढाउने संकल्प व्यक्त गर्नुभयको थियो ।


ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ ।



ree

 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page