top of page

मेचीमहाकाली बुहारी संयुक्त आवाजद्वारा सिङ्गौलका अग्निपिडितलाई आर्थिक सहयोग।


असार ८ शनिबार।

निजगढ: मेचीमहाकाली बुहारी संयुक्त आवाज टिमद्वारा आज शनिबारको दिन बाराको निजगढ नगरपालिका वडा नं.२ सिङ्गोल स्थित अग्निपीडित अम्बिका सापकोटाको घरमै पुगेर सस्थाका पदाधिकारीहरु र निजगढ नगरपालिका वडा नं.२ का कार्यबाहक वडा अध्यक्ष पुस्कल खड्काको रोहवरमा मलम पट्टि तथा राहत स्वरुप नगद रु.१५ हजार ८ सय १५ रुपैया हस्तान्तरण गरिएको छ।


सापकोटाको गत असार ३ गते आफ्नै घरको गोठबाट आगो सल्की पुरै घर आगलागी भएको र घरबाट कुनैपनी सामान झिक्न नपाउँदा घर जलेर पुरै नस्ट भएको थियो। यस दैविक प्रकोपलाई मध्यनजर गर्दै गाँस ,बास र कपासको समेत समस्यामा रहेको उक्त अग्निपीडित सापकोटा परिवारलाई मेचीमहाकाली बुहारी सयुक्त आवाज बाराले संस्थाका सबै पदाधिकारीहरु सङ्ग केहि रकम संकलन गरि पीडित परिवारको पिडामा थोरै भएपनी मल्हम पट्टि लगाउने काम गरेको सस्थाकी सचीव उषा लामा मोक्तानले नमुना खबर टि भि लाई जानकारी दिनुभयो।


ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ |


ree

 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page