top of page

मेचीमाहाकाली बुहारी संयुक्त आवाज को कन्काई उपशाखा गठन, कल्पना भट्टराईको नेतृत्वमा ९ सदस्यीय समिति चयन !


मिति: २०८१/०६/०३

मेचीमहाकाली बुहारी संयुक्त आवाजको कन्काई उपशाखा गठन, कल्पना भट्टराईको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरिएको छ। उक्त गठन कार्यक्रम केन्द्रीय उपाध्यक्ष चन्द्रकला काफ्लेको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा कोशी प्रदेश संयोजक पिंकी थापा, झापा जिल्ला संयोजक गंगादेवी भट्टराई, सचिव रिना राई, कोषाध्यक्ष सिता श्रेष्ठ र सह-कोषाध्यक्ष सिता तिम्सिनाको उपस्थिति रहेको थियो।


समितिमा लिला प्याकुरेल उपाध्यक्ष, निर्मला बस्नेत सचिव, पूजा भेटवाल खरेल सह–सचिव, सरिता गुरागाई नेपाल कोषाध्यक्ष, बिन्दा बाँस्कोटा सह–कोषाध्यक्ष चयन भएका छन्। साथै, सदस्यहरुमा धनमाया न्यौपाने, लिला खड्का तथा बरिष्ठ सल्लाहकारका रुपमा अम्बिका मैनाली चयन हुनुभएको छ।


मेचीमहाकाली बुहारी संयुक्त आवाजकी कोशी प्रदेश संयोजक पिंकी थापाले निर्वाचित पदाधिकारीहरुलाई अविर र दोसल्ला लगाई सम्मान गर्नु भएको थियो ,भने केन्द्रिय अध्यक्ष काफ्लेले पद तथा गोपनियताको शपत ग्रहण गराउनु भएको थियो । कन्काई उपशाखा की निर्वाचित सचिव निर्मला बस्नेतले महिला हिंसा लगायत जुन सुकै हिंसाका विरुद्वमा कन्काई उपशाखाले आवाज बुलन्द गर्ने बताउनु भयो । त्यस्तै निर्वाचित अध्यक्ष भट्टराईले  सबैलाई समेटेर विपन्न, पिडित, र शोषितको सहयात्रिको रुपमा कन्काई उपशाखा स्थापित हुने बताउनु भयो ।


यस नयाँ कार्यसमितिले संस्थाका दीर्घकालीन लक्ष्यहरू सफलतापूर्वक कार्यान्वयन गर्दै महिलाहरूको हकहित, अधिकार संरक्षण, र सशक्तिकरणका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। विशेषगरी, महिलाहरूको सामाजिक, आर्थिक, र राजनीतिक सशक्तिकरणमा नयाँ कार्यसमितिले ठोस कदम चालेर सामाजिक न्यायको प्रवर्द्धनमा उल्लेखनीय कार्य गर्नेछ !


ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ !


ree




 
 
 

2 Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
Guest
Sep 20, 2024
Rated 5 out of 5 stars.

नव गठित पदाधिकारीहरुलाई हार्दिक बधाई तथा सुखद कार्यकालको शुभकामना !

Like

Guest
Sep 20, 2024
Rated 5 out of 5 stars.

Congratulations everyone 🎈

Like
bottom of page